बैजनाथमा नवदुर्गा भगवती मन्दिर उद्घाटन


बैजनाथमा नवदुर्गा भगवती मन्दिर उद्घाटन

नेपालगन्ज १२ चैत्र : बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा नवनिर्मित नवदुर्गा भगवती मन्दिरको विधिवत रुपमा उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले एक कार्यक्रमकाबीच आईतबार उक्त मन्दिर उद्घाटन गरेका हुन् ।

मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकाले धर्म, सँस्कृती संरक्षणमा विशेष ध्यान दिने बताए ।

गाउँपालिकाले विनियोजन गरेको ८ लाख रुपैयाँ बजेट, स्थानीय बासिन्दाको १ लाख २७ हजार ३ सय २८ रुपैयाँ बराबरको श्रमदान गरी कुल ९ लाख २७ हजार ३ सय २८ रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

नवदुर्गा भगवती मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष परबिर ओलीका अनुसार गत मंसिर २७ गतेबाट मन्दिर निर्माण कार्य सुरु भएको थियो । मन्दिर उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम शाही, अन्य स्थानीय जनप्रतिनिधी, समाजसेवी, सर्बसाधारण लगायतको सहभागिता रहेको थियो ।

मन्दिर उद्घाटन गर्नुअघि धार्मिक विधिपुर्वक मुर्ती प्रतिस्थापन गरिएको थियो । उक्त मुर्तीलाई स्थानीय बासिन्दाको उपस्थितीमा गाउँ परिक्रमा गराइएको थियो ।