नेपालगन्ज १२ चैत्र : बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा नवनिर्मित नवदुर्गा भगवती मन्दिरको विधिवत रुपमा उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले एक कार्यक्रमकाबीच आईतबार उक्त मन्दिर उद्घाटन गरेका हुन् ।
मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकाले धर्म, सँस्कृती संरक्षणमा विशेष ध्यान दिने बताए ।
गाउँपालिकाले विनियोजन गरेको ८ लाख रुपैयाँ बजेट, स्थानीय बासिन्दाको १ लाख २७ हजार ३ सय २८ रुपैयाँ बराबरको श्रमदान गरी कुल ९ लाख २७ हजार ३ सय २८ रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको हो ।
नवदुर्गा भगवती मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष परबिर ओलीका अनुसार गत मंसिर २७ गतेबाट मन्दिर निर्माण कार्य सुरु भएको थियो । मन्दिर उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम शाही, अन्य स्थानीय जनप्रतिनिधी, समाजसेवी, सर्बसाधारण लगायतको सहभागिता रहेको थियो ।
मन्दिर उद्घाटन गर्नुअघि धार्मिक विधिपुर्वक मुर्ती प्रतिस्थापन गरिएको थियो । उक्त मुर्तीलाई स्थानीय बासिन्दाको उपस्थितीमा गाउँ परिक्रमा गराइएको थियो ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक