नेपालगन्ज १३ चैत्र : जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखको कमाण्ड सम्हालिसकेका पूर्व बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङसहित ४ जनालाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएकोछ ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार नेपाल प्रहरीका चार जना डीआईजीहरु एआईजीमा बढुवाका लागि सिफारिसमा परेका छन् । जसमा तामाङ समेत रहेकाछन् ।
गृहको बढुवा समितिको सचिवालयका अनुसार डिआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजी बढुवाका लागि सिफारिसमा परेका हुन् ।
६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् । भने दोस्रो नम्बरमा सिफारिसमा परेका सुदीपको ६८.२११२ नम्बर छ ।
तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७.६९७३ नम्बर पाएको गृह मन्त्रालयको बढुवा समितिको सदस्य सचिव समेत रहेका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा जारी पत्रमार उल्लेखछ । बढुवा समितिको सिफारिसलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरे उनीहरुको बढुवा हुनेछ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक