बाँकेका पूर्व प्रहरी प्रमुख टेकबहादुर सहित ४ जना एआईजीमा बढुवाका लागि सिफारिस


बाँकेका पूर्व प्रहरी प्रमुख टेकबहादुर सहित ४ जना एआईजीमा बढुवाका लागि सिफारिस

नेपालगन्ज १३ चैत्र : जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखको कमाण्ड सम्हालिसकेका पूर्व बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङसहित ४ जनालाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएकोछ ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार नेपाल प्रहरीका चार जना डीआईजीहरु एआईजीमा बढुवाका लागि सिफारिसमा परेका छन् । जसमा तामाङ समेत रहेकाछन् ।

गृहको बढुवा समितिको सचिवालयका अनुसार डिआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजी बढुवाका लागि सिफारिसमा परेका हुन् ।

६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् । भने दोस्रो नम्बरमा सिफारिसमा परेका सुदीपको ६८.२११२ नम्बर छ ।

Kids Festival 2022
kanti aarogya hospital

तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७.६९७३ नम्बर पाएको गृह मन्त्रालयको बढुवा समितिको सदस्य सचिव समेत रहेका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा जारी पत्रमार उल्लेखछ । बढुवा समितिको सिफारिसलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरे उनीहरुको बढुवा हुनेछ।