नेपालगन्ज १३ चैत्र : बास नेपाल केन्द्रिय कार्यालय भवन निर्माण सहयोगार्थ बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद डाक्टर धवलशम्शेर राणाले नगद सहयोग हस्तान्तरण गरेका छन् । बास नेपालको आयोजनामा सोमबार नेपालगन्जमा भएको सहयोग हस्तान्तरण कार्यक्रमकाबिच आफुले पाउने सेवासुविधाबाट डाक्टर राणाले नगद रु. ५० हजार सहयोग हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डाक्टर राणाले भ्रष्टाचार बिरुद्ध क्रियाशील संस्था बासले सञ्चालन गरेको अभियानले देश विकास र सुशासन वहालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाउँदै असल कार्य गर्ने संस्थालाई आफूले पाएको सेवा सुविधाबाट सहयोग गरेको बताए ।
सुशासन प्रवद्र्धनमा कार्य गर्ने न्यून संस्थाहरु मध्ये बास रहेको जनाउँदै उनले बासको अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरे । डाक्टर राणा नेपालगन्ज उपमहानगरपालिकाको रहँदा ५ वर्ष आफूले पाएको सम्पूर्ण तलबभक्ता सामाजिक कार्यमा सहयोग गरेका थिए भने संघीय सांसद भएपश्चात समेत उनले उक्त कार्यलाई निरन्तरता दिँदै आफुले पाउने सेवा सुविधा सामाजिक कार्यमा सहयोग गरेका हुन् ।
यसैगरी सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले समाजमा भएका बिकृती, बिसंगति बिरुद्ध बोल्ने सफल संस्थाको रुपमा स्थापीत गर्न सफल भएको बताए । उनले बासको भवन निर्माण जस्तो पवित्र कार्यमा सहयोग गर्ने सबै प्रतिआभार प्रकट गरे । कार्यक्रममा गैसस महासंघ बाँकेका उपाध्यक्ष चन्द्र प्रशाद तिमिल्सना, युवा नेता ऋषिराज देवकोटा लगायतले बोलेका थिए ।
बासका केन्द्रिय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा बासका केन्द्रिय सचिव तथा साहित्यकार दिला शाहले बास नेपाल केन्द्रिय कार्यालय भवन निर्माण सहयोगार्थ नगद एक लाख ११ हजार १ सय एघार रुपैया सहयोग हस्तान्तरण गरेका छन् । उनले बासका केन्द्रिय अध्यक्ष लुना बुढाथोकीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी बास नेपाल केन्द्रिय कार्यालय भवन निर्माण सहयोगार्थ समाजसेवी तथा नेपालगन्ज–१८ निवासी रामप्रसाद पोख्रेलले नगद रु. ११ हजार १ सय हस्तान्तरण गरेका छन् ।
बासका केन्द्रिय उपाध्यक्ष शिवकुमार बर्माले सञ्चालन गरेको सहयोग हस्तान्तरण कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए । बासले नेपालगन्ज–१८ मा केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ ।
७ दिने उद्घोषण तालिम समापन
असलशासन मिडियाको आयोजनामा नेपालगन्जमा सञ्चालित ७ दिने आधारभुत उद्घोषण तालिम समापन भएको छ । नेपालगन्जमा सोमबार संघीय सांसद डाक्टर धवलशम्शेर राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाबिच तालिमको समापन गरिएको हो । समापन कार्यक्रममा तालिमका सबै सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि डाक्टर राणाले प्रमाण पत्रप्रदान गरेका थिए ।
युवाहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले आयोजित तालिमबाट बोल्ने कलाको विकास भएको सहभागिहरुले जनाएका थिए । समापन कार्यक्रममा तालिममा सहभागि रमेश ओड र पुष्पा शर्माले प्रतिक्रिया मन्तब्य राखेका थिए । तालिममा ३२ जना युवाहरुको सहभागिता रहेको थियो ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक