जानकीमा जेसी परिक्षण कार्यशाला


जानकीमा जेसी परिक्षण कार्यशाला

नेपालगन्ज १३ चैत्र : बाँकेको जानकी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्न थालिएको छ । परीक्षणका क्रममा मङ्गलबार कार्यशाला गरिएको छ ।

स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उप–क्रियाकलाप स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको हो ।

प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशकोको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले गरेको सहजीकरणमा गाउँपालिकाको हरेक शाखा अन्र्तगत लैंगिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोणले त्यस अन्र्तगत जेसी परिक्षणका एक सय बढी सूचकमा अध्ययन गरिएको हो । एक सय सूचकमा छलफल गरि भएको प्रमाण तथा दस्ताबेजका आधारमा मार्किंङ्ग गरिएको छ ।

गाउँपालिकाकी महिला बालबालिका शाखा प्रमुख कल्पना गाहाले पालिकालाई कसरी अगाडि बढाउने, बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउनेलगायत विषयमा गहन छलफल भएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यशालामा जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, लेखा शाखाका प्रमुख मतिन अहमद अन्सारी, वडा अध्यक्षहरु मो रजा राई, चन्द्रिका प्रसाद गुप्ता, राजकुमार कुर्मी, जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

कार्यशालामा संस्थाका राकेशकुमार मिश्र, रविन्द्रकुमार ज्ञवाली र ध्रुबराज शर्माले सहजीकरण गरेका थिए । संस्थाले बाँके जिल्लाको जानकीसंगै खजुरा र कोहलपुर नगरपालिकाको जेसी परीक्षण गरिरहेको छ ।