नेपालगन्ज १५ चैत्र : बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलानको काम थालेको छ ।
केही विद्यालयमा दरबन्दीका शिक्षक नै नभएपछि गाउँपालिकाले त्यस्ता विद्यालयमा दरबन्दी भएका शिक्षक पठाउने काम थालेको हो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लका अनुसार, तहगत दरबन्दी नभएका एक दर्जन स्कुल छन् । मावि र निमाविमा दरबन्दी अभाव छ ।
पालिकाले प्राविका शिक्षक माविको प्रधानाध्यापक रहने परिपाटी पनि अन्त्य गर्ने जनाएको छ । दरबन्दी भएका शिक्षकलाई काजमा पठाएर प्रधानाध्यापकको जिम्मेवारी दिने तयारी भएको छ । खजुरामा १५ वटा मावि, निमावि चार, प्रावि मदरसासहित ४७ वटा स्कुल छन् ।
माविमा राहतसहित ६७ जना, निमाविमा ४२ र प्राविमा राहतसहित १ सय ५६ दरबन्दी रहेको छ । पालिकाले ३४ वटा दरबन्दी सिर्जना गरेको छ । सट्टा शिक्षक १२ जना थपेको छ । दरबन्दी नभएको स्कुलमा शिक्षण सहयोग अनुदान दिने गरिएको छ ।
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ