खजुराले शिक्षक दरबन्दी मिलान गर्दै


खजुराले शिक्षक दरबन्दी मिलान गर्दै

नेपालगन्ज १५ चैत्र : बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलानको काम थालेको छ ।

केही विद्यालयमा दरबन्दीका शिक्षक नै नभएपछि गाउँपालिकाले त्यस्ता विद्यालयमा दरबन्दी भएका शिक्षक पठाउने काम थालेको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लका अनुसार, तहगत दरबन्दी नभएका एक दर्जन स्कुल छन् । मावि र निमाविमा दरबन्दी अभाव छ ।

पालिकाले प्राविका शिक्षक माविको प्रधानाध्यापक रहने परिपाटी पनि अन्त्य गर्ने जनाएको छ । दरबन्दी भएका शिक्षकलाई काजमा पठाएर प्रधानाध्यापकको जिम्मेवारी दिने तयारी भएको छ । खजुरामा १५ वटा मावि, निमावि चार, प्रावि मदरसासहित ४७ वटा स्कुल छन् ।

Kids Festival 2022
kanti aarogya hospital

माविमा राहतसहित ६७ जना, निमाविमा ४२ र प्राविमा राहतसहित १ सय ५६ दरबन्दी रहेको छ । पालिकाले ३४ वटा दरबन्दी सिर्जना गरेको छ । सट्टा शिक्षक १२ जना थपेको छ । दरबन्दी नभएको स्कुलमा शिक्षण सहयोग अनुदान दिने गरिएको छ ।