नयाँ मिडियाको भरपूर सदुपयोग गर्नुपर्नेमा जोड


नयाँ मिडियाको भरपूर सदुपयोग गर्नुपर्नेमा जोड

नेपालगन्ज १६ चैत्र : नयाँ मिडियाको जबर्जस्त उपस्थितिले परम्परागत र मूलधारका मिडियाका लागि चुनौती थपिएको भन्दै बाँकेका पत्रकारले नयाँ मिडियाको भरपूर सदुपयोग गर्नुपर्नेमा जोड दिएकाछन् । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा महासंघ, बाँके शाखाले आयोजना गरेको ‘पत्रकारितामा नयाँ माध्यमका अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनीहरुले यस्तो जोड दिएका हुन् ।

मूलधारका मिडियाका कन्टेन्ट सोसल मिडियामार्फत स्रोता, दर्शक र पाठकमाझ पुु¥याउनुपर्ने अवस्था बनेको भन्दै वक्ताहरुले नयाँ मिडियाको सुझबुझपूर्ण प्रयोग जरुरी रहेको बताए । पत्रकारको पेशागत सुरक्षा र व्यवसायिकताबारे चिन्ता ब्यक्त गर्दै थप मर्यादित बनाउन डिजिटल मिडियाको नयाँ आयामको रुपमा विकास भएको अनलाइन पोर्टलहरु दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्नेमा समेत उनीहरुले जोड दिए ।

महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरेले पेशागत अभ्यास बलियो र भरिलो भएपछि पत्रकार बलियो हुने बताए । गैरेले अगाडी थपे–‘प्रेस स्वतन्त्रताको रक्षा गर्नका लागि भएपनि महासंघले सबैलाई गोलबद्ध गर्न सक्नुपर्छ ।’
उनले बाँकेको पत्रकारिता र विगतको इतिहासलाई सम्झदै भावि पुस्ताका लागि महासंघ कस्तो बनाउने र यसको भविष्य कस्तो हुने भन्ने विषयमा बहस गर्नुपर्ने बेला भइसकेको बताए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज गौतमले पेशगात संठन भएकाले पेशगत आँच आउने काम गरिनु नहुने बताए । ‘पत्रकार र प्रजातन्त्र एकअर्काको पुरक हो, यसलाई थप मर्यादित बनाऔं’ गौतमले अगाडी भने–‘पत्रकारका नाममा हुने विकृति, विसंगतिप्रति महासंघले निगरानी गरोस्, नियन्त्रण गरोस् । यो हामी सबैको जिम्मेवारी र दायित्व हो ।’

Kids Festival 2022
kanti aarogya hospital

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले नेपाली प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउन महासंघ गम्भीर भएर लाग्न आग्रह गरे ।

‘प्रेस स्वतन्त्रता कुण्ठित पारिने कार्य कोही कसैबाट गरिनुहुँदैन, पत्रकार र पत्रकारिता भजाएर अघि बढ्ने जोकोहीलाई ठाउँका ठाउँ कानूनी दायरामा ल्याउनुपर्छु अध्यक्ष ओलीले अगाडी थपे–‘आफू अनुकुल समाचार आए स्याबासी, कमिकमजोरी औल्याइदिए पत्रकार र पत्रकारितामाथि धम्की दिने, हातपात गर्ने प्रवृत्तिका विरुद्ध पेशागत संघसगठनसंगै महासंघ दरिलोरुपमा प्रस्तुत हुनुपर्छ ।’

‘प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीका विषयमा युनियन प्रतिबद्ध छ, आफ्ना संगठनबाट पत्रकार आचारसंहिता, मर्यादालाई सशक्त बनाउँदै लगेका छौंं’ ओलीले भने–‘वास्तविक पत्रकार आचारसंहितामा बाधिएको हुन्छ, मर्यादाभित्र रहेको हुन्छ । गैरपत्रकारका कारण प्रेस स्वतन्त्रता कुण्ठित पार्ने, पत्रकार र मिडिया हाउसमाथि प्रहार हुने कार्य भइरहेको छ ।’

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाले पत्रकारका नाममा विकृति बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गरे । उनले भने ‘पत्रकारका नाममा कमाउ धन्दा, बार्गेनिङ्ग गर्ने र विवादमा तानिने कामहरु भइरहेका छन्, यसले हाम्रो मात्र नभइ सिङ्गो पत्रकारिताको उपहास गर्ने काम भएकोछ ।’

विगतको गर्विलो ईतिहासलाई जिवन्त पार्नका लागि भएपनि पत्रकार–पत्रकारबीचको एकतामा महासंघले कदम चाल्नुपर्छ, अभिभावकीय संस्था भएकाले यसो हुन सके यस्ता विकृति स्वतहः चिरिदै जाने रोकायको भनाईछ ।

कार्यक्रममा नयाँ मिडियाको जबर्जस्त उपस्थितिले परम्परागत र मूलधारका मिडियाका लागि चुनौती थपिएको भन्दै उनीहरुले नयाँ मिडियाको भरपूर सदुयोग गर्नुपर्नेमा जोड दिए । मूलधारका मिडियाका कन्टेन्ट सोसल मिडियामार्फत स्रोता, दर्शक र पाठकमाझ पुुर्याउनुपर्ने अवस्था बनेको भन्दै बक्ताहरुले नयाँ मिडियाको सुझबुझपूर्ण प्रयोग जरुरी रहेको बताए । डिजिटल मिडियाको नयाँ आयामको रुपमा विकास भएको अनलाइन पोर्टलहरु दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्नेम जोड दिइएको छ ।

यस्तै समाचारको स्रोत उल्लेख नगरी हुबहु नक्कल गर्ने प्रबृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै नागरिकको विश्वास जित्न इमान्दार र सत्यतथ्यपूर्ण पत्रकारिता गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । नयाँ मिडियाको प्रसार क्षमता उच्च रहेकाले सावधानी अपनाउन जरुरी रहेको उनीहरुको भनाई छ ।

उपाध्यक्ष संगिन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले स्वागत मन्तब्य राखेकी थिइन् । कायएक्रममा महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, पूर्व अध्यक्षद्वय निरज गौतम र रुद्र सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदीप वाग्ले, अन्नपूर्णपोष्ट दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल, सञ्चारिकाकी अछरी पोख्रेल नागरिक दैनिकका गणेश विशु, मिसनटुडेकर्मी विरेन्द्र जैसी, कृष्णसार एमफका कृष्ण अधिकारी लगायतले आ–आफ्नो धारणा राख्दै नयाँ मिडियाका आयामहरुबारे चर्चा गरेका थिए ।

स्थापना दिवस मनाउने क्रममा केक काटिएको थियो । भने कार्यक्रमको सञ्चालन सचिव कमल डाँगीले गरेका थिए ।