खजुरा १८ चैत्र : बाँकेको खजुरास्थित आदर्श माध्यामिक विद्यालयको पूर्व विद्यार्थी भेला शनिबार सम्पन्न भएको छ ।
२०२९ सालमा स्थापित विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको भेलाले नयाँ वर्षको अवसर पारेर बैशाख ९ गते बृहद भेला तथा अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ ।
भेलामा विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले पूर्व विद्यार्थीहरु संगठित हुनु विद्यालयका लागि सकारात्मक रहेको भन्दै बढि भन्दा बढि विद्यार्थीलाई समाजमा समेटन सुझाव दिए ।
२०४५ सालमा प्रवेशिका उत्तीर्ण गरेका पूर्व विद्यार्थी बासुदेब तिवारीको अध्यक्षतामा भएको भेलामा पूर्व विद्यार्थीहरु विक्रम गिरी, निरज भट्ट लगायतले पुर्व विद्यार्थी समाजलाई बढिभन्दा बढि पूर्व विद्यार्थीको सहभागिता बनाई रचनात्मक काममा क्रियाशील बन्नुपर्ने सुझाव दिए । भेलाले पुर्व विद्यार्थी गोविन्द शर्माको संयोजकत्वमा बृहद भेला तयारी समिति गठन गरेको छ ।
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ