नर्सिंग क्याम्पसका नवनिर्वाचित स्ववियु टीमलाई स्वागत सम्मान


नर्सिंग क्याम्पसका नवनिर्वाचित स्ववियु टीमलाई स्वागत सम्मान

नेपालगन्ज १८ चैत्र : नेपालगन्ज नर्सिंग क्याम्पसबाट नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन टीमलाई सम्मान गरिएकोछ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जले एक कार्यक्रममको आयोजना गरि उक्त सम्मान गरेको हो ।

संस्थाका केन्द्रिय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान नेपालगन्ज नर्सिंग क्याम्पसबाट नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन टीमलाई उक्त सम्मान गरिएको हो ।

नेपालगन्ज नर्सिंग क्याम्पस प्रमुख तुलसा सनुवारको प्रमुख आतिथ्यता, नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन टीमका अध्यक्ष दिपीका सोनी, उपाध्यक्ष करिमा गुरुंग, सचिव देवर्चना अधिकारी, सहायक सचिव सन्जना बस्याल, कोषाध्यक्ष रेलुसा खत्री, सदस्यहरु क्रमशः विनिता बेलबासे, ईशा पौडेल, रश्मि अधिकारी, प्रतिक्षा बुढाथोकी, अनुष्का श्रेष्ठ र विशाका गैरेलाई स्वागतसंगै सम्मान गरिएको थियो ।

नर्समा हुनुपर्ने गुण अनुशासन हो, यसलाई आध्यात्मिक शिक्षाले सतप्रतिशत पालन गर्न मद्दत गर्ने कुरा स्ववियु अध्यक्ष दिपीका सोनीले बताइन् । क्याम्पस प्रमुख तुलसा सुनुवारले शान्ति अनुभूतिका लागि आध्यात्मिकता एउटा महत्वपूर्ण पाटो भएका भन्दै स्वागत तथा सम्मानप्रति संस्थालाई धन्याद दिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

मानसिक रुपमा ग्रस्त भएका व्यक्तिहरुको सेवा दिँदै आएका हामी पनि नर्स हौँ भन्दै स्वयंलाई चार्ज गर्न पावर प्वाइंट परमात्माद्वारा स्थापित विद्यालयमा राजयोग मेडिटेशन अभ्यासका लागि कार्यक्रमका अध्यक्ष राजयोगिनी ब्रह्मकुमारीले आव्हान गरिन् ।

संस्थाका एज्युकेशन विभाग, नेपालगन्जका संयोजक एवं मोडर्न पव्लिक स्कूलका प्रिन्सिपल केबी बोहराले स्वागत गरेको कार्यक्रममा ब्रह्मकुमारी कृष्ण बहादुर रानाभाटले कविता वाचन गरेका थिए । ऊक्त कार्यक्रमको सञ्चालन राजयोग प्रशिक्षिका ब्रह्मकुमारी मुनाले गरेकी थिइन् ।