युद्धका नाममा हत्या गरिएको विषयमा क्षमादान हुँदैन : महामन्त्री थापा

‘२०८४ को निर्वाचनमा काँग्रेस एक्लै लड्छ’


युद्धका नाममा हत्या गरिएको विषयमा क्षमादान हुँदैन : महामन्त्री थापा

नेपालगन्ज १८ चैत्र : युद्धका नाममा हत्या गरिएको विषयमा क्षमादान दिन नमिल्ने नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बताएकाछन् । नेपाली काँग्रेस बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन् ।

युद्धका नाममा स्वच्छाचारी ढंगले हत्या गरिएकोछ, याताना दिइएकोछ । त्यस्ता विषयमा छुट दिन पाइदैन’महामन्त्री थापाले अगाडी थपे–‘युद्धको बेला हत्या गरिएको विषयलाई क्षमादान दिने मिल्ने गरि विधेयक ल्याइएकोछ । त्यसको विरुद्धमा म खरोरुपमा उत्रेकोछु ।’

निर्वाचन अघिको गठबन्धनले प्रजातन्त्रलाई विकृत बनाउने र नागरिकको छनोट अधिकारलाई साँघुरो बनाउने तर्क गर्दै उनले अबको निर्वाचनमा काँग्रेस एक्लै लड्ने गरी संगठित हुनुपर्ने बताए ।

महामन्त्री थापाले गएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लडेका कारण अर्को चुनावसम्म भने यही गठबन्धनले संगसंगै बसेर काम गर्नुपर्ने बताए । आफू चुनाव अघिको गठबन्धनको विपक्षमा रहँदै आएको भएपनि परिस्थिति अर्कै बनेको प्रसंग उल्लेख गर्दै उनले पुष १० को गल्ती सच्चाएर अघि बढेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

तालमेलको राजनीतिले विकृती ल्याएको भन्दै थापाले की तालमेल छाड्नुपर्ने की त निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा राखे । उनले भने–‘चुनाव जित्नु नै सबथोक हो भन्ने, जीत भन्दा अरु केही छैन भन्ने सोँचले लोकतन्त्र कमजोर बनाउँछ ।’

उनले अगाडी थपे–‘तालमेल बाहेक अरु राजनीति छैन भन्ने धारणा बनाउन लागियो । यसले केही समयपछि को कुन पार्टीको हो भन्ने समेत प्रष्ट हुँदैन । यास्तो निर्वाचन प्राणालीबाट कुनै राम्रो परीणाम आउँदैन की तालमेल छाडेर अघि बढौं की निर्वाचन प्रणाली बदलौं ।’

गठबन्धनले प्रजातन्त्रलाई विकृत बनाउने र नागरिकको छनोट अधिकारलाई साँघुरो बनाउने तर्क गर्दै उनले अबको निर्वाचनमा काँग्रेस एक्लै लड्ने गरी संगठित हुनुपर्ने बताए । थापाले आगामी २०८४ को चुनावमा काँग्रेस एक्लै लड्ने गरी अगाडि बढ्ने उद्घोष गरे । अरु जुनसुकै दल जोसुकैसंग मिलेपनि काँग्रेस अब एक्लै लड्ने तागत बोकेर चुनावमा जान्छ ।

महामन्त्री थापाले पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि बढ्न नसके जनताको धैर्यता टुट्ने पनि बताए । उनले अबको पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अघि बढ्न सक्नुपर्ने धारणा राखे ।

थापाले देशको अवस्था जर्जर रहेको उल्लेख गर्दै भने, ‘अब न सरकारलाई समयको सुविधा छ, न त नागरिकमा धैर्यता छ, त्यसैले तीब्र जनआकांक्षा अनुरुप परीणाम दिने गरी काम गर्नुको विकल्प छैन ।’ उनले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई छुटको सुविधा नभएको भन्दै परीणाम नदिने मन्त्रीहरुलाई फिर्ता बोलाइने बताए ।

महामन्त्री थापाले काँग्रेसको क्रियाशील सदस्यता वितरण सुरु गरिएको जानकारी दिँदै अब अधिवेशनका बेला क्रियाशील नबाँडिने स्पष्ट पारे । उनले अब पार्टीमा कसैले पनि क्रियाशील सदस्यता पाउने अवसरबाट बञ्चित हुनु नपर्ने बताए ।

उनले पार्टीको विधान बदलेर भएपनि अब तल्लो तहबाटै टिकट वितरण गर्ने प्रणाली विकसित गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । महामन्त्री थापाले क्षेत्रीय संसदीय समितिले क्रियाशील सदस्यहरुको मतका आधारमा उम्मेदवार छान्ने प्रणाली पार्टीभित्र विकसित गर्ने गरी बहस प्रारम्भ गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको सम्मेलनमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा, पूर्व पार्टी सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, पार्टी सचिव एवम् लुम्बिनी प्रदेशकी सांसद सञ्जुकुमारी चौधरी, लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, महासमिति सदस्यहरु लक्ष्मीनारायण शाह, पूर्णप्रसाद आचार्य र टेकबहादुर खड्का, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता, महिला संघकी सभापति नारायणी रुपाखेती, ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्ल, तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।

सम्मेलनबाट सभापति गौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतको आर्थिक प्रतिवेदन पारित गरिएको छ । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा अर्का उपसभापति कृष्णबहादुर कार्कीले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव कोइरालाले गरेका थिए ।

सोक्रममा बाँके काँग्रेसले प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेलाई सम्मान समेत गरिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । सम्मेलनमा १६०० प्रतिनिधि सहभागी थिए । भने सो अवसरमा काँग्रेस महामन्त्री थापाले काँग्रेस प्रवेश गरेका युवालाई स्वागत गरेका गिए ।