नेपालगन्ज २२ चैत्र : राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेले दश हजार बढिको सहभागितामा जनसभा गर्ने भएको छ । आगामी चैत्र २७ देखि २९ गतेसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने निर्णय गर्दै विभिन्न समिति, उपसमिति गठन गरि भब्य तयारी शुरु गरेको छ ।
नेपालगन्जमा हुन गईरहेको महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन पार्टी पङ्क्ति पनि लागि परेको नेकपा एमाले केन्द्रिय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकालले बताए । राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको जनपरिचालन समिति संयोजक समेत रहेका ढकालले महाधिवेशन उद्घाटन समारोहमा एमालेले बाँकेका ८१ वटै वडाबाट दशौं हजार जनता नेपालगन्ज उतार्ने तयारी गरेको बताए ।
राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनलाई बाँकेमा अहिले पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रास रुट’ अभियानसँगै प्रचार–प्रसार र तयारी भएको उनको भनाई छ ।
युवा संघका केन्द्रिय उपाध्यक्ष लुम्बिनी प्रदेश इन्चार्ज एवम् ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ सहसंयोजक सुमन पुरीले नेपालगन्जमा राष्ट्रिय महाधिवेशन भव्यरुपमा सफल पार्न युद्धस्तरमा तयारी भएको बताए ।
उनले प्रतिनिधि व्यवस्थापन, आवास तथा खाद्यान्न, यातायात जनपरिचालन समितिमार्फत महाधिवेशनको काम भईरहेको जानकारी दिए ।
महाधिवेशन आवास तथा खाद्यान्न समिति संयोजक एमाले बाँकेका युवा नेता रबिन्द्र लम्सालले देशभरीका दुईहजार प्रतिनिधि र अतिथिहरुको खाने बस्ने व्यवस्था गरिएको बताए । उनले नेपालगन्ज र कोहलपुरका होटलमा प्रतिनिधिहरुलाई बासको व्यवस्था गरिएको जानकारी दिए ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार