File Photo
नेपालगन्ज २२ चैत्र : नेपाली काँग्रेस बाँकेले सल्लाहकारहरुको नियुक्तिसंगै आमन्त्रित सदस्यहरु मनोनयन गरेको छ ।
काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले ११ जना सल्लाहकार नियुक्त गरेका छन् । भने गौडेलले जिल्ला कार्यसमिति बाँकेमा १० जना आमन्त्रित सदस्य समेत मनोनयन गरेको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए ।
गौडेलले पूर्व सभापतिहरु युवराज शर्मा, किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ र सनतकुमार रेग्मीलाई सल्लाहकार नियुक्त गरेका हुन् ।
यसैगरी पूर्व सांसदद्वय कैलाशनाथ गुप्ता र ज्ञानु केसी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी तथा तरुण दलका पूर्व महासचिव हुर्मतकुमार न्यौपानेलाई सल्लाहकार नियुक्त गरिएको छ ।
यस्तै अधिवक्ताद्वय प्रल्हादबहादुर कार्की र चित्रबहादुर शाहीलाई कानुनी सल्लाहकार नियुक्त गरिएको प्रबक्ता गिरीले जानकारी दिए ।
पार्टी सभापति गौडेलले पार्टीको विधान अनुसार जिल्ला कार्यसमितिमा बैजनाथ ८ का पवनकुमार थारु, जानकी २ का छत्रेश्वरप्रसाद शर्मा, नेपालगन्ज २२ का आशिष बर्मा, कोहलपुर १० की तारादेवी भुसाल्नी पाठक, बैजनाथ ८ का रामबहादुर विष्ट, कोहलपुर २ का गोपालप्रसाद देवकोटा, खजुरा २ का रामबहादुर महतरा, नेपालगन्ज ११ का अनिलकुमार श्रेष्ठ, खजुरा ४ का अर्जुनसिंह पाण्डे र नेपालगन्ज ५ का कादिर अन्सारीलाई आमन्त्रित सदस्यमा मनोनयन गरेको कार्यालय सचिव अमित कँडेलले बताए ।
नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) र नियमावली २०७६ को परिच्छेद १८ को विविध ५६(२) मा व्यवस्था भए अनुसार आमन्त्रित सदस्य नियुक्त गरिएको हो ।
नेपाली काँग्रेस बाँकेको हरेक क्रियाकलाप एवम् पार्टीका गतिविधिहरुको राजनीतिक तथा सामाजिक क्षेत्रमा सहज पहुँच स्थापित गर्न तथा संगठन सम्बन्धि आवश्यक सल्लाह सुझाब दिन सल्लाहकारहरु नियुक्त गरिएको गौडेलले बताए ।
यस्तै काँग्रेस बाँकेको हरेक क्रियाकलाप एवम् पार्टीका गतिविधिहरुको कानुन क्षेत्रमा सहज पहुँच र कानून सम्बन्धि आवश्यक सल्लाह सुझाब दिन कानूनी सल्लाहकारहरु नियुक्त गरिएको छ ।
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ