काँग्रेस बाँकेद्वारा ११ जना सल्लाहकार नियुक्त


काँग्रेस बाँकेद्वारा ११ जना सल्लाहकार नियुक्त

File Photo

नेपालगन्ज २२ चैत्र : नेपाली काँग्रेस बाँकेले सल्लाहकारहरुको नियुक्तिसंगै आमन्त्रित सदस्यहरु मनोनयन गरेको छ ।

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले ११ जना सल्लाहकार नियुक्त गरेका छन् । भने गौडेलले जिल्ला कार्यसमिति बाँकेमा १० जना आमन्त्रित सदस्य समेत मनोनयन गरेको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए ।

गौडेलले पूर्व सभापतिहरु युवराज शर्मा, किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ र सनतकुमार रेग्मीलाई सल्लाहकार नियुक्त गरेका हुन् ।

यसैगरी पूर्व सांसदद्वय कैलाशनाथ गुप्ता र ज्ञानु केसी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी तथा तरुण दलका पूर्व महासचिव हुर्मतकुमार न्यौपानेलाई सल्लाहकार नियुक्त गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै अधिवक्ताद्वय प्रल्हादबहादुर कार्की र चित्रबहादुर शाहीलाई कानुनी सल्लाहकार नियुक्त गरिएको प्रबक्ता गिरीले जानकारी दिए ।

पार्टी सभापति गौडेलले पार्टीको विधान अनुसार जिल्ला कार्यसमितिमा बैजनाथ ८ का पवनकुमार थारु, जानकी २ का छत्रेश्वरप्रसाद शर्मा, नेपालगन्ज २२ का आशिष बर्मा, कोहलपुर १० की तारादेवी भुसाल्नी पाठक, बैजनाथ ८ का रामबहादुर विष्ट, कोहलपुर २ का गोपालप्रसाद देवकोटा, खजुरा २ का रामबहादुर महतरा, नेपालगन्ज ११ का अनिलकुमार श्रेष्ठ, खजुरा ४ का अर्जुनसिंह पाण्डे र नेपालगन्ज ५ का कादिर अन्सारीलाई आमन्त्रित सदस्यमा मनोनयन गरेको कार्यालय सचिव अमित कँडेलले बताए ।

नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) र नियमावली २०७६ को परिच्छेद १८ को विविध ५६(२) मा व्यवस्था भए अनुसार आमन्त्रित सदस्य नियुक्त गरिएको हो ।

नेपाली काँग्रेस बाँकेको हरेक क्रियाकलाप एवम् पार्टीका गतिविधिहरुको राजनीतिक तथा सामाजिक क्षेत्रमा सहज पहुँच स्थापित गर्न तथा संगठन सम्बन्धि आवश्यक सल्लाह सुझाब दिन सल्लाहकारहरु नियुक्त गरिएको गौडेलले बताए ।

यस्तै काँग्रेस बाँकेको हरेक क्रियाकलाप एवम् पार्टीका गतिविधिहरुको कानुन क्षेत्रमा सहज पहुँच र कानून सम्बन्धि आवश्यक सल्लाह सुझाब दिन कानूनी सल्लाहकारहरु नियुक्त गरिएको छ ।