लो भोल्टेज हटाउन बाँकेका थप दुई स्थानमा सब स्टेसन बनाइदैँ


लो भोल्टेज हटाउन बाँकेका थप दुई स्थानमा सब स्टेसन बनाइदैँ

File Photo

नेपालगन्ज २१ चैत्रः बाँकेमा लो भोल्टेजको समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेसन निर्माण गर्न लागिएको छ ।

आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेसन निर्माणको थालनि गरिएकोछ । यसका लागि टेण्डर समेत भइसकेको नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

खजुरास्थित जनक शिक्षा सामाग्री केन्द्रसँगै रहेको करिब दुई बिघा जग्गा ३३/११ केभी क्षमताको सब स्टेसन निर्माण गरिनेछ । जहाँबाट ३३ हजार किलो भोल्टको डबल सर्किट विद्युत प्रवाह हुनेछ ।

‘खजुरामा निर्माण गरिने सब स्टेसनमा १६/१६ एमभी क्षमता दुई वटा ट्रान्सफर्मर जडान गरिनेछ,’ नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट पौडेलले भने, ‘११ केभी क्षमताका ८ वटा सर्किटबाट विद्युत् आउटगोइङ हुनेछ ।’ सब स्टेशनसँगै कन्ट्रोल भवन, कर्मचारी आवास निर्माण गरिनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै जानकी गाउँपालिकामा चार बिघा जग्गामा १३२ केभिए क्षमताको सब स्टेसन निर्माण गरिने भएको छ । जहाँबाट डबल सर्किट खजुरासँग जोडिनेछ । खजुरा र जानकीमा सब स्टेसनको काम सम्पन्न भएमा न्यून भोल्टेज, छिनछिनमा विद्युत आउने जाने र बर्सातको समयमा विद्युत अनियमित हुने समस्यामा सुधार आउने प्राधिकरणले जनाएको छ ।

सबस्टेशनले जिल्लाकै समग्र विद्युत् समस्या समाधान हुने तथा औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको जानकी र खजुरामा दीर्घकालिन रुपमा विद्युत् समस्या नपर्ने प्राधिकरणले जनाएको छ । हाल नेपालगन्जको गोसाईगाउँ र बसपार्क तथा कोहलपुरमा सबस्टेसन छन् । नयाँ सब स्टेसन निर्माण भए पनि विद्युत आपूर्ति नियमित, विश्वसनीय र गुणस्तरीय हुने विश्वास लिइएकोछ ।