वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन


वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन

नेपालगन्ज २३ चैत्र : राष्ट्रिय किताबखाना (निजामती)ले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीलाई एक महिनाभित्र आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका आधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले उक्त सूचना जारी गरेको हो ।

किताबखानाका सूचना अधिकारी प्रकाशजङ्ग शाहीका अनुसार कर्मचारीको वैयक्तिक विवरण नभएका कारण पूर्णरुपमा विवरण अद्यावधिक गर्न कठिनाइ भएकाले सङ्घ, प्रदेश तथा स्थानीय तहमा समायोजन भई कार्यरत सबै सेवा, समूह र श्रेणीका कर्मचारीले एक महिनाभित्र अद्यावधिक गर्नुपर्ने छ ।

Kids Festival 2022
kanti aarogya hospital

किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजातसहित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने किताबखानाले जनाएको छ । किताबखानाले सबै सेवा, समूह र श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानूनी व्यवस्था भएबमोजिम कर्मचारीको वैयक्तिक विवरण निरन्तर अद्यावधिक गर्दै आएको छ । किताबखानाले यसअघि सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गर्न सूचना जारी गरेको थियो । -रासस