डुडुवाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा गुरुङ


डुडुवाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा गुरुङ

डुडुवा (बाँके) २४ चैत्र : डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णुप्रसाद गुरुङ्ग आएकाछन् ।

केही समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गले आज शुक्रबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेकाछन् ।

गाउँपालिकामा एक कार्यक्रमकाविच गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, कृषि शाखा प्रमुख सुशीलकुमार शर्मा, जिन्सी शाखा प्रमुख ऋषिराज गौतम, पशु शाखा प्रमुख अशोक पाण्डे, शिक्षा शाखा प्रमुख सञ्जय कर्णलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलको सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा गुरुङ्ग आएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यालयको जिम्मेवारी सम्हाल्दै गुरुङ्गले कानूनले दिएको अधिकारभित्र रहेर इमान्दारिताका साथ आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै दैनिक प्रशासनका काम कारबाही प्रक्रिया अघि बढाउने र जनताको सेवामा सदैब कट्टिबद्ध भएर लाग्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गले लामो समयदेखि देशका विभिन्न स्थानीय तहहरुमा काम गरेको आफुलाई राम्रो अनुभव रहेकाले काम गर्न निकै सहज हुने बताए । कार्यालयमा हाजिर हुदैँ प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गले पालिकाका सबै शाखाका कर्मचारीहरुसँग परिचय तथा शाखाका काम कारबाही प्रगतिका बारेमा जानकारी लिएका थिए ।