नेपालगन्ज २४ चैत्र : बुद्ध एयरले नयाँ वर्ष २०८० लक्षित योजना सार्वजनिक गरेको छ ।
निजी वायुसेवा कम्पनीले आफ्नो एप र वेबसाइटबाट टिकट काट्ने मध्ये एकजना भाग्यशाली यात्रुलाई फिर्ती टिकट उपहार दिने सूचना अधिकारी दिपेन्द्र कर्णले बताए ।
‘नयाँ वर्ष उपहारअन्तर्गत हरेक दिन हामीले विभीन्न गन्तब्यमा उडान गर्ने यात्रुलाई एउटा फ्रि रिटर्न टिकटको व्यवस्था गरेका छौं ।’ सूचना अधिकारी कर्णले भने, ‘आउँदो चैत मसान्तसम्मका लागि यो योजना लागू हुनेछ ।’
हवाई सेवा लिँदै आएका यात्रुका लागि नयाँ वर्षलाई अवसर बनाएर यो योजना लागू गरेको उनले जानकारी दिए ।
हाल यो कम्पनीले एटिआर–४२ र एटिआर–७२ सिरीजको जहाजमार्फत नेपालगन्ज, धनगढी, पोखरा, विराटनगर, भरतपुर, भद्रपुर, सुर्खेत लगायत विभीन्न गन्तब्यमा नियमित उडान गर्दै आएको छ ।
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने