कोहलपुर २९ चैत्र : कोहलपुर नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा अनधिकृतरुपमा अतिक्रमणको प्रयास भैरहेकोप्रति कोहलपुर नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीद्वारा आज जारी सूचनामा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइए कार्वाही गरिने चेतावनी समेत दिइएको छ ।
नगर क्षेत्रभित्रको सार्वजनिक सम्पत्ति संरक्षण गर्नु सबैको दायित्व भएको पनि सूचनामा उल्लेख छ । सूचनामा अगाडि भनिएको छ–ञ कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा विभिन्न जिल्लाबाट विभिन्न व्यक्ति/ समुह प्रवेश गरि अनधिकृत रुपमा अतिक्रमण गर्ने प्रयास गरेको जानकारी आएकाले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा कुनैपनि व्यक्ति÷समुह÷संगठनले अनधिकृत रुपमा अतिक्रमण नगर्न र नगराउन आग्रह गरिन्छ ।
यो सूचना नगर कार्यपालिका स्तरको भएकाले अटेर गरेर अतिक्रमण गरे प्रचलित कानून अनुसार तत्काल कार्वाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा चेतावनी दिइएको छ । यदि सरकारी सार्वजनिक जग्गा अनधिकृत रुपमा अतिक्रमण गर्न गराउन लागेको देखेमा कोहलपुर नगर प्रहरी, इलाका प्रहरी कार्यालय र नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)