यस्तो हुनेछ तपाईको २०८० सालको वार्षिक राशिफल


यस्तो हुनेछ तपाईको २०८० सालको वार्षिक राशिफल

File Photo

ज्यो. हरिप्रसाद पौडेल

नेपालगन्ज १ वैशाख : आजबाट हामी नयाँ वर्ष २०८० सालमा प्रवेश गरेका छौं। नयाँ वर्षको सुरुवातसँगै नयाँ संकल्पहरु लिनुपर्दछ । यस वर्ष तपाईको राशिफल कस्तो हुनेछ । आउनुहोस् संक्षिप्त चर्चा गरौं । यद्यपी सतकर्म र सतमार्गबाट सधैं सफलता प्राप्त हुनेगर्दछ ।

 

मेष
यो वर्षको प्रारम्भमा राशिमा प्रवेश गरेको बृहस्पतिका कारण यात्रा एवं स्थान परिवर्तन गराउनेछ । अध्ययन अध्यापनमा आइपरेका बाधाअड्चन क्रमशः हटेर जानेछन् । घरायसी व्यावहारिक झमेलाहरू पनि क्रमशः सहज बन्दैजानेछन् । आर्थिक क्षेत्रका काममा राम्रै सफलता मिल्नेछ । नयाँ काम मिल्ने या नोकरीमा पदोन्नति भएर जाने सम्भावना रहेको छ । घरपरिवार तथा सन्तानको सुख राम्रो मिल्नेछ । रोकिएका काम वर्षको उत्तरार्धमा क्रमशः बन्दैजानेछन । प्रतिस्पर्धामा सफलता मिल्नेछ भने गरेको कामबाट मानसम्मानसमेत मिल्ने देखिन्छ । व्यापारिक वर्गका लागि वर्ष फलदायी रहेको छ । शारीरिक आरोग्यता अनुकूल रहनेछ । बिहीबारको दिनमा भगवान् शिवलाई दूध, जल र बेलपत्र चढाउँदा बृहस्पतिको दोष निवारण भई शुभफल प्राप्त होला ।

Kids Festival 2022
kanti aarogya hospital

शुभ महिनाहरू : असार, असोज, माघ र फागुन।

 

वृष
दसौँ शनिका कारण नयाँ काम मिल्नुका साथै खर्चको मात्रा बढाउनेछ। आँटेका काममा सामान्य बाधाअड्चन एवं ढिलासुस्ती समेत गराउनेछ। अध्ययन अध्यापनमा केही बाधाअड्चन आइपर्नेछन् । शारीरिक आरोग्यता सामान्य रहनेछ। नसोचेका घरायसी समस्या देखा पर्नेछन् । इष्टमित्र एवं आफन्तजनको मन बुझाउन नसक्नाले आलोचनाको पात्रसमेत बन्नुपर्नेछ । यात्रामा सामान्य समस्या आइपर्ने देखिएकाले सतर्कता अपनाउनुपर्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य वैचारिक मतभेद आइपर्ने देखिन्छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाला । रमाइलो ठाउँको भ्रमणका साथै धार्मिक यात्राको समेत सम्भावना छ ।

शुभ महिनाहरू : साउन, कात्तिक, फागुन र चैत।

 

मिथुन
यस वर्ष तपाईंका ग्रहगोचर अनुकूल रहेका छन् । एकादशं बृहस्पतिका कारण पठनपाठनमा सफलता मिल्नेछ । बौद्धिक क्रियाकलापमा समेत अभिरुचि बढेर जानेछ । मनले आँटेका काममा सफलता मिल्दै जानेछ । काममा आएका विघ्नबाधासमेत क्रमशः हटेर जानेछन् । पारिवारिक सुखसन्तोष अनुकूल रहनेछ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य सफलता मिल्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ भने विवादमा विजयी गराउनेछ । आर्थिक पक्षका कामबाट राम्रै सफलता प्राप्त होला । नयाँ लगानी एवं नवीन कारोबार गर्न समेत वर्ष अनुकूल रहेको छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत बढेर जाला । युवाका लागि मनोरञ्जनका अवसरसमेत मिल्नेछन ।

शुभ महिनाहरू: भदौ, मङ्सिर, चैत र वैशाख।

 

कर्कट
नयाँ वर्ष तपाईंका लागि अनुकूल रहनेछ । दसौँ बृहस्पतिका कारण अध्ययन अध्यापनमा सामान्य बाधाअड्चन आइपर्नेछन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत अनुकूल रहनेछ । सामाजिक एवं धार्मिक कार्यमा अभिरुचि लाग्नेछ । नोकरीमा मान प्रतिष्ठा समेत प्राप्त गराउला । व्यापारी वर्गका लागि आम्दानीका नयाँ बाटा देखा पर्नेछन् भने कृषक वर्गका लागि समेत वर्ष फलदायी छ । पारिवारिक सुखसम्बन्ध अनुकूल रहनेछ । युवाका लागि मनोरञ्जनका अवसर मिल्नेछन् । रमाइलो भ्रमण एवंं वैदेशिक यात्राको समेत सम्भावना छ ।

शुभ महिनाहरू : असोज, पुस, वैशाख र जेठ।

 

सिंह
वर्षको प्रारम्भबाट नै बृहस्पतिको अनुकूलताले गर्दा शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जानेछ । धार्मिक कार्यका साथै माङ्गलिक कार्यहरूको आयोजना हुनेछ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्नेछ । पारिवरिक सुखसन्तोष अनुकूल रहनेछ। धार्मिक उद्देश्यको यात्रामा सहभागी हुनुपर्नेछ । आर्थिक पक्षका काममा राम्रो सफलता मिल्नेछ । नोकरीमा पदोन्नति एवं मान प्रतिष्ठासमेत प्राप्त होला । घरायसी पैतृक सम्पत्तिमा सामान्य वादविवाद आइपर्ने देखिन्छ । कृषि एवं पशुपालनमा हानिनोक्सानी बेहोर्नुपर्नेछ । वर्षको पूर्वार्धमा स्थान परिवर्तन एवं यात्राको योग छ ।

शुभ महिनाहरू : कात्तिक, माघ, जेठ र असार ।

 

कन्या
वर्षको प्रारम्भमा नै बृहस्पतिको प्रतिकूलताले गर्दा अस्वस्थताको कारण बन्नेछ। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा बाधाअड्चन आइपर्नेछन् । घरायसी एवं पारिवारिक झमेलाले पिरोल्नेछ । आर्थिक कारोबारका काममा मध्यम सफलता मिल्नेछ । परिवारको औषधोपचारमा सञ्चित धनराशिको खर्च समेत गराउनेछ । वर्षको प्रारम्भमा सामान्य विवाद एवं काममा व्यवधान आइपरे पनि वर्षको मध्यभागतिरबाट सफलता मिल्ने देखिन्छ । कृषि एवं पशुपालनमा फाइदा पुग्नेछ । कर्मचारी वर्गका लागि मध्यम वर्ष रहेको छ । उद्योग व्यवसायमा सोचेअनुसारको सफलता मिल्ने छैन । बिहीबारको दिनमा रुद्राभिषेक गराउँदा बृहस्पतिको अशुभ दोष निवारण भएर जानेछ ।

शुभ महिनाहरू : मङ्सिर, फागुन, असार र साउन ।

 

तुला
वर्षको प्रारम्भबाट नै बृहस्पतिको अनुकूलताले गर्दा मानसिक प्रसन्नता बढेर जानेछ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्नेछ। सन्तान एवं परिवारमा हर्ष आनन्दको वातावरण बन्नेछ। यात्रा एवं भ्रमणका अवसर मिल्नेछन् । घरायसी खर्चको मात्रा भने केही बढेर जाने देखिन्छ । घरपरिवार, इष्टमित्र एवं कुटुम्बको सुखसम्बन्धका साथै शारीरिक आरोग्यतासमेत अनुकूल रहनेछ । वर्षको उत्तरार्धमा देशविदेशको यात्रा मनोरञ्जन एवं सुख आनन्दका अवसर मिल्नेछन् । अध्ययन अध्यापनका साथै नोकरीमा समेत महìवपूर्ण सफलता प्राप्त हुनेछ। धार्मिक एवं सामाजिक कार्यमा समेत सहभागिताको योग छ ।

शुभ महिनाहरू : पुस, चैत, साउन र भदौ ।

 

वृश्चिक
वृश्चिक राशिका लागि यो वर्षभरि नै अढैया शनिदशा रहनाले काममा अनावश्यक बाधाअड्चन आइपर्नुका साथै मानसिक अस्थिरतासमेत उत्पन्न गराउने देखिन्छ । घरपरिवार एवं आफन्तजनसँगको सम्बन्ध त्यति राम्रो नहोला । दाम्पत्य सम्बन्धमा समेत मनमुटावको स्थिति देखा पर्नसक्नेछ । आत्मीय व्यक्तिबाट विश्वासघात हुन सक्ने छ । वर्षको पूर्वार्धमा आर्थिक काममा सफलता मिल्नुका साथै विदेश भ्रमणको योग समेत छ । घरमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना हुनेछ । वर्षको उत्तरार्धमा मानप्रतिष्ठा बढ्नुका साथै नयाँ अवसरसमेत मिल्ने योग छ । सामान्य स्वास्थ्यगत समस्या आइपर्ने तथा अनावश्यक रूपमा खर्च वृद्धि समेत गराउनेछ । ठूलो लगानी एवं आर्थिक लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्नेछ । शनिमृत्युञ्जय स्तोत्रको पाठ गर्दा या गराउँदा राम्रो होला ।

शुभ महिनाहरू: माघ, फागुन, वैशाख, भदौ र असोज ।

 

धनु
वर्ष फलदायी रहनेछ। रोकिएका काम क्रमशः बन्दै जानेछन् । प्रतिस्पर्धामा सफलताको योग रहेको छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत बढेर जाला । मानसम्मान तथा पदप्रतिष्ठका अवसर मिल्नेछन् । यात्रा एवं भ्रमणका अवसरसमेत मिल्नेछन्। वर्षको उत्तरार्धमा स्थान परिवर्तनको सम्भावना छ । उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । धार्मिक तथा सामाजिक कार्यमा अभिरुचि पनि बढेर जानेछ । अध्ययन अध्यापनमा पनि सफलताको योग छ । सन्तान एवं पारिवारिक सुखसन्तोष अनुकूल रहनेछ ।

शुभमहिनाहरू : फागुन, जेठ, असोज र कात्तिक ।

 

मकर
साढेसात शनिदशा ओरालो लागेर गएकाले काममा आइपरेका बाधाअड्चन क्रमशः हट्दै जानेछन् । तपाईंका लागि यो वर्षको पूर्वार्धमा आर्थिक समुन्नति तथा पारिवारिक सुखसन्तोष मिल्ने, चल अचल सम्पत्तिको वृद्धि गराउने योग छ । यात्रा एवं भ्रमणको सम्भावना बलियो छ । सामाजिक मानप्रतिष्ठा एवं धार्मिक कार्यक्रममा सहभागी गराउनुका साथै मनोरञ्जनका अवसरसमेत मिल्नेछन् । वर्षको उत्तरार्धमा भने स्वास्थ्यमा आकस्मिक उतारचढावको स्थिति उत्पन्न हुने तथा मानसिक अस्थिरता बढेर जानेछ । पारिवारिक एवं सन्तानको चिन्ता केही बढ्ने देखिन्छ । अध्ययन अध्यापनमा पनि सोचेअनुसारको सफलता पाउन मुस्किल नै देखिन्छ ।

शुभमहिनाहरू: चैत, असार, कात्तिक र मङ्सिर ।

 

कुम्भ
तपाईंका लागि यो वर्षका ग्रहगोचरहरू त्यति अनुकूल रहेका छैनन् । वर्षभरि नै साढेसात शनिदशा रहनाले आँटेका काममा अनावश्यक बाधाअड्चन आइपर्नुका साथै ढिलासुस्ती समेत गराउनेछ । शारीरिक अस्वस्थताका साथै मानसिक अस्थिरता समेत उत्पन्न गराउला । घरायसी खर्चको मात्रा बढेर जानेछ । लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनुपर्नेछ । ठूला लगानी नगर्दा नै राम्रो होला। यात्रा एवं सवारी चलाउँदा विशेष होसियारी अपनाउनुपर्नेछ । वर्षको उत्तरार्धमा मनले सोचेका योजनामा आंशिक सफलता मिल्नेछ । स्थान परिवर्तन एवं यात्राको योग छ । असार महिनापछि वैदेशिक यात्रा एवं भ्रमणको अवसर आउनेछ ।

शुभमहिनाहरू : वैशाख, साउन, मङ्सिर र पुस ।

 

मीन
वर्षारम्भबाटै प्रारम्भ भएको साढेसात शनिदशाका कारण गर्न आँटेका काममा अनावश्यक बाधाअड्चनका साथै ढिलासुस्तीसमेत गराउनेछ । अध्ययन अध्यापनमा अभिरुचि बढेर जाला । धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । नयाँ लगानी एवं लेनदेनसम्बन्धी कारोबार गर्नका लागि वर्ष त्यति उत्तम छैन । वर्षको पूर्वार्धमा देशविदेशको भ्रमणको अवसरसमेत मिल्ने योग छ भने उत्तरार्धमा मानसिक चिन्ता बढ्ने, अनावश्यक विवादमा पार्ने तथा घरायसी पारिवारिक झमेला बढ्ने समेत देखिन्छ । दाम्पत्य सम्बन्ध राम्रो रहनेछ । आर्थिक पक्ष मध्यम फलदायी रहेको छ ।

शुभ महिनाहरू: जेठ, भदौ, पुस र माघ ।