नेपालगन्ज ३ वैशाख : व्यक्तिगत घटना दर्ता अभियान सप्ताह चलिरहँदा बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र जन्मदर्ताको अवस्था बारे स्थलगत अनुगमन थालिएकोछ ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र जन्मदर्ताको अवस्था बुझ्दै जन्मदर्ताका बारेमा आवश्यक सूचना प्रवाह गर्न अनुगमन गर्न थालिएको हो ।
जन्मदर्ता सम्बन्धि अभिमुखीकरणपछि उपमहानगरपालिकाको प्रत्येक वडा–वडामा जन्मदर्ताको अवस्थाबारे अनुगमन गर्दा पछिल्लो समय जन्म दर्ता गराउनेको संख्या बढेको पाइएको छ ।
पहिलो चरणमा उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६ र २३ मा गरिएको अनुमगनका क्रममा वडाका जनप्रतिनिधि एवम् सम्बद्ध अधिकारीहरुले जन्मदर्ता गराउनेहरु बढेको बताएका हुन् ।
अभिभावक, धर्मगुरु एवम् सामाजिक अभियन्ताहरुबाट जन्मदर्ता गर्ने कार्यमा सहयोग भइरहेको वडा नम्बर–२३ का वडा जब्बर अलि बेहनाले बताए । वडा नम्बर–१४ का वडा अध्यक्ष मजहर अलि साईले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्दछ भन्ने चेतना अभिभावकहरुमा विकास भएको बताए । जन्मदर्ताबारे समाजमा सचेतना बढेका कारण जन्मदर्ता गराउनेहरु बढ्न थालेको वडा नम्बर–१५ का सहायक पाँचौं शोभाकर भण्डारीले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा जन्मदर्ता गर्ने प्रबृत्तिमा सुधार भए÷नभएको अवस्थाबारे तीन चरणमा अनुगमन गरिने महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिइन् । उनका अनुसार अनुगमनका क्रममा जन्मदर्ता गर्नेहरु बढेको पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले सबै वडालाई जन्मदर्ता सम्बन्धि अभिमुखीकरण गरिसकेपछि त्यसयता भएको सुधारबारे अनुगमन थालिएको पञ्जीकरण शाखाकी तुलसा पन्थी आचार्यले बताइन् ।
उपमहानगरपालिकाभित्र यही वैशाख १ गतेदेखि ७ गतेसम्म ब्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालित छ । व्यक्तिगत घटना दर्ता अभियान सप्ताहमा विशेषगरि जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराईँ दर्ता गराउन आम सर्वसाधरणमा जनचेतना प्रवाह गरिदैँछ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ