File Photo
चिवन ५ वैशाखः चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय साठी गोही राप्ती नदीमा छोडिएको छ । चालु आर्थिक वर्षमा केन्द्रमा हुर्काइएका गोही नदीमा छोडिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरा घाटबाट एक सय, खगेन्द्रमल्ली नजिकबाट २० र सौराहाघाटबाट ४० वटा गोही राप्ती नदीमा छोडिएको हो । वन्यजन्तु सप्ताहको पाँचौँ दिन आज १० वटा गोही छोडिएसँगै एक सय साठी गोही छाडिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको उपस्थितिमा आज गोही छाडिएको तिवारीले बताए । अहिलेसम्म निकुञ्जको प्रजनन केन्द्रमा हु्र्काइएका एक हजार आठ सय ५२ वटा गोही नदीमा छाडिएको छ ।तिवारीका अनुसार झण्डै पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाडिन्छ । उहाँको भनाइमा एक दशमलव पाँच मिटर लम्बाइ भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ ।
गत आर्थिक वर्षमा एक सय सात वटा गोही नदीमा छाडिएको थियो । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।
प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबईमा गोही छाडिँदै आएको छ । हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाउने नदीमा राप्ती पर्दछ ।
चैत वैशाख महिनामा नदी किनारमा गोहीले पारेका अण्डा सङ्कलन गरेर कसरामा रहेको प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ । हाल प्रजनन् केन्द्रमा छ सय ४९ भन्दा बढी विभिन्न उमेरका गोही रहेका छन् । -रासस
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ