माइडियाको नयाँ वर्ष २०८० अफर


माइडियाको नयाँ वर्ष २०८० अफर

नेपालगन्ज ५ वैशाखः नयाँ वर्ष २०८० लाई स्वागत गर्दै नेपालमा माइडिया उत्पादनको आधिकारिक वितरक चौधरी ग्रुपले आफ्ना ग्राहकहरुका लागि आकर्षक नयाँ योजना ल्याएको छ ।

“नयाँ वर्ष २०८० को बहार, दुबई घुम्ने मौका र पक्का उपहार” योजनाले ग्राहकहरूले माइडियाको चयन गरिएका उत्पादनहरू खरिद गर्दा निश्चित उपहारहरू प्राप्त गर्न सक्नेछन् भने कुनै पनि माइडियाको उत्पादनहरूको खरिद गर्दा लक्की ड्र मार्फत दुबई भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएकोछ ।

निश्चित उपहारहरूका लागि ग्राहकहरूले ६ र ७ केजीको वासिङ मेसिन र डबल डोर रेफ्रिजरेटरकोे खरिदमा क्रम्पटन ड्राइ आइरन, ८ र ९ केजीको वासिङ मेसिन र शोकेसको खरिदमा १ लिटर माइडिया राइस कुकर, १० केजी वासिङ मेसिन र (८केजी÷६केजी) वासर ड्रायरकोे खरिदमा १.८ लिटर माइडिया राइस कुकर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, मल्टी डोर रेफ्रिजरेटरको खरिदमा माइडिया इन्डक्सन कुकर र साइड बाइ साइड रेफ्रिजरेटर खरिदमा माइडिया एयर फ्राइर प्राप्त गर्न सक्नेछन् । यो ग्राहक योजना चैत्र १७, २०७९ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

माइडिया ब्राण्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाहर लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।

माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो । माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भयो । माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरू भन्दा बाहिर छ । जसमध्ये एचभिएसि, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आईओटि, साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ । माइडिया ग्रुपका सबै व्यवसायहरुको एउटै क्रेडो #HumanizingTechnology को लागि प्रयासरत छ ।

नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्राण्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरू मार्फत देशभर वितरण गर्दै आएको छ ।