नेपालगन्जमा वाई–फाई नेपालको ‘सस्तो र भरपर्दो’ इन्टरनेट सेवा


नेपालगन्जमा वाई–फाई नेपालको ‘सस्तो र भरपर्दो’ इन्टरनेट सेवा

नेपालगन्ज ५ वैशाख : ‘वाई–फाई नेपाल’ले लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लाको नेपालगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

काठमाडौँ, पोखरा, इटहरी, धरान र विराटनगरमा सफलतापूर्वक सेवा सुचारु पश्चात पश्चिम नेपालको ब्यापारिक केन्द्र नेपालगन्जमा ‘वाई–फाई नेपाल’ले आफ्नो सेवा सुरु गरेको हो ।

‘वाई–फाई नेपाल’ले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेपालको सबैभन्दा ‘सस्तो र भरपर्दो’ इन्टरनेट सेवा नेपालगन्जमा ल्याइएको कम्पनीका कार्यकारी अधिकृत सत्रूहन पञ्जियारले दाबी गरे ।

पञ्जियारका अनुसार ‘वाई–फाई नेपाल’ले अरु इन्टरनेट कम्पनीभन्दा सस्तोमा गुणस्तर इन्टरनेट प्रदान गर्दै ५० एमबिपिएस इन्टरनेट प्रति महिना ३ सय ३३ रुपैयाँमा प्रदान गर्दै आएको बताए । साथै ‘वाई–फाई नेपाल’ले ८० एमबिपिएस इन्टरनेट ५ सय रुपैयाँमा प्रदान गर्दै आएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

त्यस्तै ५० एमबिपिएसको इन्टरनेट जडानको लागि कुनै पनि शुल्क नलाग्ने तर, फाइबर केबलको हकमा भने ३ महिने सेवाका लागि ५ सय रुपैयाँ लाग्ने र ६ महिने र १ वर्षे सेवाको लागि कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ । ८० एमबिपिएस पनि यो नियम लागू हुने कम्पनीले जनाएको छ ।

राउटरको हकमा भने १ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने कम्पनीले बताएको छ ।

यस्तै ५० एमबिपिए इन्टरनेटको नविकरणको हकमा भने ३ महिनाको लागि १ हजार १ सय, ६ महिनाको लागि २ हजार १ सय र १ वर्षको लागि ४ हजार रुपैयाँ शुल्क लाग्ने छ भने ८० एमबिपिए इन्टरनेटको नविकरणको हकमा ३ महिनाको लागि १ हजार ६ सय, ६ महिनाको लागि ३ हजार २ सय र १ वर्षको लागि ६ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।