नेपालगन्ज ५ वैशाख : ‘वाई–फाई नेपाल’ले लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लाको नेपालगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
काठमाडौँ, पोखरा, इटहरी, धरान र विराटनगरमा सफलतापूर्वक सेवा सुचारु पश्चात पश्चिम नेपालको ब्यापारिक केन्द्र नेपालगन्जमा ‘वाई–फाई नेपाल’ले आफ्नो सेवा सुरु गरेको हो ।
‘वाई–फाई नेपाल’ले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेपालको सबैभन्दा ‘सस्तो र भरपर्दो’ इन्टरनेट सेवा नेपालगन्जमा ल्याइएको कम्पनीका कार्यकारी अधिकृत सत्रूहन पञ्जियारले दाबी गरे ।
पञ्जियारका अनुसार ‘वाई–फाई नेपाल’ले अरु इन्टरनेट कम्पनीभन्दा सस्तोमा गुणस्तर इन्टरनेट प्रदान गर्दै ५० एमबिपिएस इन्टरनेट प्रति महिना ३ सय ३३ रुपैयाँमा प्रदान गर्दै आएको बताए । साथै ‘वाई–फाई नेपाल’ले ८० एमबिपिएस इन्टरनेट ५ सय रुपैयाँमा प्रदान गर्दै आएको उनले बताए ।
त्यस्तै ५० एमबिपिएसको इन्टरनेट जडानको लागि कुनै पनि शुल्क नलाग्ने तर, फाइबर केबलको हकमा भने ३ महिने सेवाका लागि ५ सय रुपैयाँ लाग्ने र ६ महिने र १ वर्षे सेवाको लागि कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ । ८० एमबिपिएस पनि यो नियम लागू हुने कम्पनीले जनाएको छ ।
राउटरको हकमा भने १ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने कम्पनीले बताएको छ ।
यस्तै ५० एमबिपिए इन्टरनेटको नविकरणको हकमा भने ३ महिनाको लागि १ हजार १ सय, ६ महिनाको लागि २ हजार १ सय र १ वर्षको लागि ४ हजार रुपैयाँ शुल्क लाग्ने छ भने ८० एमबिपिए इन्टरनेटको नविकरणको हकमा ३ महिनाको लागि १ हजार ६ सय, ६ महिनाको लागि ३ हजार २ सय र १ वर्षको लागि ६ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ