युनियनकर्मी ढकाललाई मातृ शोक


युनियनकर्मी ढकाललाई मातृ शोक

नेपालगन्ज ५ वैशाख : नेपाल प्रेस युनियन बाँकेका साधरण सदस्य पूर्णप्रसाद ढकाललाई मातृ शोक परेकोछ ।

उनकी आमा सितादेवी ढकालको ६० वर्षको उमेरमा मङ्गलबार विहान सवा ५ बजे निधन भएको हो ।

विगत ११ वर्षदेखि क्यान्सर रोगबाट पीडित उनको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार चल्दै आएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ निवासी उनको मंगलबार नै दाहसँस्कार गरिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच युनियन साधरण सदस्य ढकाललाई मातृशोक परेको प्रति नेपाल प्रेस युनियन बाँके शाखा स्तब्ध भएको जनाएको छ ।

युनियन बाँकेका सचिव विजय मल्लले मङ्गलबार (आज) एक शोक वक्तब्य जारी गर्दै यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि वक्तब्यमार्फत समवेदना प्रकट गरिएको छ ।