नेपालगन्ज ५ वैशाख : नेपाल प्रेस युनियन बाँकेका साधरण सदस्य पूर्णप्रसाद ढकाललाई मातृ शोक परेकोछ ।
उनकी आमा सितादेवी ढकालको ६० वर्षको उमेरमा मङ्गलबार विहान सवा ५ बजे निधन भएको हो ।
विगत ११ वर्षदेखि क्यान्सर रोगबाट पीडित उनको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार चल्दै आएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ निवासी उनको मंगलबार नै दाहसँस्कार गरिएकोछ ।
यसैबीच युनियन साधरण सदस्य ढकाललाई मातृशोक परेको प्रति नेपाल प्रेस युनियन बाँके शाखा स्तब्ध भएको जनाएको छ ।
युनियन बाँकेका सचिव विजय मल्लले मङ्गलबार (आज) एक शोक वक्तब्य जारी गर्दै यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि वक्तब्यमार्फत समवेदना प्रकट गरिएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ