नेपालगन्ज ९ वैशाख : बाँकेको खजुरामा अवस्थित आदर्श माध्यामिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी समाज गठन गरेको छ ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा शनिबार भएको भेलाले गोविन्द शर्माको अध्यक्षतामा ३५ सदस्यीय आदर्श मावि पूर्व विद्यार्थी समाज खजुरा–३ डि गाउँको तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा ईन्दिरा खड्का भण्डारी र कोपिला कँडेल, महासचिवमा सुबास निरौला, सचिवमा तेज खड्का र कोषाध्यक्ष बबिता सुनार रहेको कार्यसमिति गठन गरिएको हो ।
समिति गठनका लागि आयोजित भेलामा पूर्व विद्यार्थीहरु किरण ढकाल, भावना सापकोटा, टेक कार्की, लक्ष्मण खत्री, अनक नेपाली राकेश पौडेल, अशोक भण्डारी, कृष्ण कुँवर, नविन कर्माचार्य लगायतले विभिन्न सुझाव दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक सापकोटाले पूर्व विद्यार्थी समाज गठन भएपछि विद्यालयले एक महत्वपूर्ण साझेदार प्राप्त गरेको अनुभुति भएको बताए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ