आदर्श मावि खजुरामा पूर्व विद्यार्थी समाज गठन


आदर्श मावि खजुरामा पूर्व विद्यार्थी समाज गठन

नेपालगन्ज ९ वैशाख : बाँकेको खजुरामा अवस्थित आदर्श माध्यामिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी समाज गठन गरेको छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा शनिबार भएको भेलाले गोविन्द शर्माको अध्यक्षतामा ३५ सदस्यीय आदर्श मावि पूर्व विद्यार्थी समाज खजुरा–३ डि गाउँको तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा ईन्दिरा खड्का भण्डारी र कोपिला कँडेल, महासचिवमा सुबास निरौला, सचिवमा तेज खड्का र कोषाध्यक्ष बबिता सुनार रहेको कार्यसमिति गठन गरिएको हो ।

समिति गठनका लागि आयोजित भेलामा पूर्व विद्यार्थीहरु किरण ढकाल, भावना सापकोटा, टेक कार्की, लक्ष्मण खत्री, अनक नेपाली राकेश पौडेल, अशोक भण्डारी, कृष्ण कुँवर, नविन कर्माचार्य लगायतले विभिन्न सुझाव दिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

विद्यालयका प्रधानाध्यापक सापकोटाले पूर्व विद्यार्थी समाज गठन भएपछि विद्यालयले एक महत्वपूर्ण साझेदार प्राप्त गरेको अनुभुति भएको बताए ।