नेपालगन्ज १० वैशाख : मख्खन धामी नेपालगन्जमा नाम चलेका ब्यवसायी हुन् । तर, धार्मिक हिसाबले उनी हिन्दु धर्ममा आस्था राख्छन् ।
मुस्लिम समुदायले शनिबार आफ्नो महान पर्व ईद मनाईरहँदा ब्यवसायी धामीको पनि ब्यस्तता बढ्यो । सबै धर्ममा समानता राख्ने गरेका उनले ईदगाह परिसरमा धार्मिक सहिष्णुताको गतिलो उदाहरण प्रस्तुत गरे ।
धामीले मुस्लिम समुदायको पवित्र पर्व ईद–उल–फित्रमा शुभकामना–आदान–प्रदान मात्रै गरेनन्, ईदगाह परिसरमा आएका मुस्लिम समुदायसँग अंकमाल गर्दै शुभकामना दिए र आफ्नै हातबाट निःशुल्क रुपमा पानी खुवाए ।
धामीले स्थानीय मुस्लिम नेता तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायत थुप्रै ब्यक्तीसँग अंकमाल गर्दै ईदको शुभकामना आदान–प्रदान गरे । चर्को गर्मीमा प्यासले तिर्खाएका ब्यक्तीलाई उनले आफ्नै हातबाट पानी खुवाउँदै ‘इद मुबारक’ गरे ।
बैशाख महिनाको चर्को गर्मीमा नमाज पढ्न आउने र शुुभकामनाका लागि आउने व्यक्तिलाई राहत होस् भन्ने उद्देश्यले शुद्ध पिउने पानीको व्यवस्थापन गरिदिएको ब्यवसायी धामीले बताए ।
उनी नेपालगन्ज मुस्लिम समाजका सल्लाहकार, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका सहसचिव तथा प्रवक्ता, लायन्स क्लब अफ नेपालगन्जका उपाध्यक्ष समेत हुन् ।
ब्यवसायी धामी ब्यवसायिक हकहितका पक्षमा बोल्दा सधैं अगाडी हुन्छन् । उनको सामाजिक क्षेत्रमा पनि त्यतिकै योगदान छ । नेपालगन्जमा व्यवसायसँगै मानविय सेवामा खटिने गरेका छन् । सबैसँग मिल्ने र अप्ठ्यारो परेको बेलामा सहयोग गर्ने उनको स्वभाव छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ