ब्यवसायी धामीको ‘धार्मिक सहिष्णुता’


ब्यवसायी धामीको ‘धार्मिक सहिष्णुता’

नेपालगन्ज १० वैशाख : मख्खन धामी नेपालगन्जमा नाम चलेका ब्यवसायी हुन् । तर, धार्मिक हिसाबले उनी हिन्दु धर्ममा आस्था राख्छन् ।

मुस्लिम समुदायले शनिबार आफ्नो महान पर्व ईद मनाईरहँदा ब्यवसायी धामीको पनि ब्यस्तता बढ्यो । सबै धर्ममा समानता राख्ने गरेका उनले ईदगाह परिसरमा धार्मिक सहिष्णुताको गतिलो उदाहरण प्रस्तुत गरे ।

धामीले मुस्लिम समुदायको पवित्र पर्व ईद–उल–फित्रमा शुभकामना–आदान–प्रदान मात्रै गरेनन्, ईदगाह परिसरमा आएका मुस्लिम समुदायसँग अंकमाल गर्दै शुभकामना दिए र आफ्नै हातबाट निःशुल्क रुपमा पानी खुवाए ।

धामीले स्थानीय मुस्लिम नेता तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायत थुप्रै ब्यक्तीसँग अंकमाल गर्दै ईदको शुभकामना आदान–प्रदान गरे । चर्को गर्मीमा प्यासले तिर्खाएका ब्यक्तीलाई उनले आफ्नै हातबाट पानी खुवाउँदै ‘इद मुबारक’ गरे ।

Kids Festival 2022
kanti aarogya hospital

बैशाख महिनाको चर्को गर्मीमा नमाज पढ्न आउने र शुुभकामनाका लागि आउने व्यक्तिलाई राहत होस् भन्ने उद्देश्यले शुद्ध पिउने पानीको व्यवस्थापन गरिदिएको ब्यवसायी धामीले बताए ।

उनी नेपालगन्ज मुस्लिम समाजका सल्लाहकार, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका सहसचिव तथा प्रवक्ता, लायन्स क्लब अफ नेपालगन्जका उपाध्यक्ष समेत हुन् ।

ब्यवसायी धामी ब्यवसायिक हकहितका पक्षमा बोल्दा सधैं अगाडी हुन्छन् । उनको सामाजिक क्षेत्रमा पनि त्यतिकै योगदान छ । नेपालगन्जमा व्यवसायसँगै मानविय सेवामा खटिने गरेका छन् । सबैसँग मिल्ने र अप्ठ्यारो परेको बेलामा सहयोग गर्ने उनको स्वभाव छ ।