‘काँग्रेसले जनताको भावनालाई बुझ्दै देश विकासमा लाग्नु पर्छ’


‘काँग्रेसले जनताको भावनालाई बुझ्दै देश विकासमा लाग्नु पर्छ’

नेपालगन्ज ११ वैशाख : नव वर्ष २०८० र ईदको अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि नेताहरुले काँग्रेसले जनताको भावनालाई बुझदै देश विकासमा लाग्नु पर्नेमा जोड दिएका छन् ।

देश आर्थिक संकटसँग जुधिरहेका बेला यसलाई निकास दिने योजना काँग्रेसका हरेक तहका नेताहरुले बनाएर कार्यान्वयन गर्नु पर्नेमा नेताहरुले जोड दिए ।

केन्द्रिय सदस्य वाल्मिकीले पार्टी संगठनलाई कमजोर बनाउने गतिविधिहरुको अन्त्य गर्दै जनताका आम समस्याहरुलाई नेताहरुले बुझने प्रयास गर्नु पर्ने बताए । कार्यक्रममा उपस्थित भएका नेता तथा कार्यकर्ताहरुलाई नयाँ वर्ष र ईदको शुभकामना दिने क्रममा वाल्मिकीले पार्टीका केहि नेताले जिल्लामा संगठनलाई धरापमा पार्ने किसिमका गतिविधिहरु गरिरहेकोले त्यसलाई सच्याउन जरुरी बताए ।

Kids Festival 2022
kanti aarogya hospital

पुर्व पार्टी सभापति एवम् पुर्व मन्त्री गजेन्द्र हमालले नेताहरुले आफनो आचरण र व्यवहारमा सुधार ल्याउनु पर्नेमा जोड दिए । संविधान सभा सदस्य भोला सिद्धिकीले अहिलेको सरकारले मुस्लिमको महान पर्व ईदको विदा कटौती गरेको प्रति आपत्ती जनाउँदै त्यसलाई सच्चाउन नेपाल सरकारसँग माग गरे ।

राष्ट्रिय सभा सदस्य एवम् बाँके पूर्व पार्टी सभापति युवराज शर्माले काँग्रेसका आम कार्यकर्ताहरुमा पछिल्लो समय निरास हुने अवस्था आएको भन्दै यसबाट आत्तिनु पर्ने आवश्यकता नरहेको बताए । काँग्रेसले आफनो सिद्धान्तलाई आत्मसाथ गर्दै लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउँदै देशलाई समस्याबाट निकास दिने काम गर्नु पर्ने शर्माले धारणा राखे ।

नेपाली काँग्रेस बाँके सभापति नारायण गौडेलले आफु सामान्य परिवारबाट आएको व्यक्ति भएकोले सबै नेता र कार्यकर्ताको भावनालाई बुझदै जिल्लालाई सक्रिय बनाउने योजनाका साथ अगाडी बढेको बताए । अवको तीन वर्षमा बाँके कार्यसमितिले वडा स्तरमा गएर प्रशिक्षण कार्यक्रम गर्दै आम कार्यकर्ताको मनोबल बढाउने प्रयास गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बाँके निर्वतमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, पुर्व सभापति कृष्णमान श्रेष्ठ, पुर्व सभापति एव्म प्राज्ञ सनत रेग्मी, जिल्ला सचिव सुंधासु कोइराला, बाँके क्षेत्र नम्बर–२ सभापति रमेश गुप्ता, महासमिति सदस्य लक्ष्मीनारायण शाहलगायत नेताले आफनो शुभकामना मन्तव्य राखेका थिए ।