साधारणसभाको तयारीमा जुट्यो प्रेस चौतारी, केन्द्रिय अध्यक्ष बस्नेतले उद्घाटन गर्ने


साधारणसभाको तयारीमा जुट्यो प्रेस चौतारी, केन्द्रिय अध्यक्ष बस्नेतले उद्घाटन गर्ने

नेपालगन्ज १२ वैशाख : प्रेस चौतारी बाँकेको साधारणसभा आगामी बैशाख १७ गते नेपालगन्जमा हुने भएको छ ।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले नेपालगन्ज उद्योग वाणिज्य संघको हलमा साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभाको उद्घाटन प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले गर्नेछन् ।

साधारणसभामा बाँकेको पत्रकारिताको चुनौती र अवसर, संगठन सुदृढीकरण लगायतका बिषयमा बृहद् छलफल हुने अध्यक्ष रोकायले बताए । उनका अनुसार, साधारणसभा भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी शुरु गरिएको छ ।

बैठकले लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्को सदस्य मनोनीत भएका केन्द्रिय सदस्य एवं प्रदेश सह–सहइन्चार्ज रुद्रप्रसाद सुवेदी, प्रदेश समिति सदस्य सरला सुवेदीलाई हार्दिक बधाईका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ । बैठकले सगरमाथा गन्तव्य दैनिकमा कार्यरत पत्रकार आशा परियारलाई कार्यसमिति सदस्यमा मनोनित गरेको सचिव कमल डाँगीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

बैठकमा प्रेस चौतारी केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज भेषराज बस्नेत, संगठनको निर्वाचन आयोग सचिव गोविन्द प्रसाद शर्मा, पुर्ब केन्द्रिय कोषाध्यक्ष अक्षरी पोखरेल, केन्द्रीय सदस्य शकील अहमद कादरी, बिश्वराज पछल्डङ्या, अनुशासन आयोग सदस्य बिष्णु वेलवासे, केन्द्रिय सदस्य रुपा गहतराज, रुपनी जिएम, प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, प्रदेश सदस्य सरला सुवेदी, खम्बप्रसाद पुन, पबित्रा परियार लगायतको सहभागिता थियो भने उनीहरुले संगठन सुदृढीकरणका लागि आवश्यक सल्लाह सुझाव दिएका थिए ।