नेपालगन्ज १३ बैशाख : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १३ मा बहुउद्देश्यीय सेल्टर भवन बन्ने भएको छ ।
वडा नम्बर– १३ उदयपुरस्थित स्वास्थ्य चौकी भवन परिसरमा नगरप्रमुख प्रशान्त विष्टले बुधबार बहुउद्देश्यीय सेल्टर भवनको शिलान्यास गरे । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन शिलान्यास गरिएको हो ।
एशियाली विकास बैंक (एडिबी) मार्फत जापानी संस्था जेएफपिआरको लागत अनुदानमा खानेपानी मन्त्रालय र नेपालगन्ज उपमहानगरपालिकाले बहुउद्देश्यीय सेल्टर भवन निर्माण गर्न लागेका हुन् । भवन निर्माणको जिम्मा सगरमाथा– विडारी जेभीले पाएको छ । करिब १ करोड ७९ लाखको लागतमा भवन बन्न लागेको हो ।
‘मिनी अस्पताल’ को अवधारणामा बन्न लागेको उक्त बहुउद्देश्यीय भवनमा अक्सिजन सिलिन्डरसहितको १६ बेड रहनेछ । कोभिड लगायत महामारी र विपतसंगै अन्य नियमित क्रियाकलापहरुमा प्रयोग गर्ने उद्देश्यसहित बहुउद्देश्यीय सेल्टर भवन बनाउन लागिएको नगर प्रमुख विष्टले बताए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ