धम्बोझीमा गायत्री महायज्ञ हुने


धम्बोझीमा गायत्री महायज्ञ हुने

नेपालगन्ज १४ वैशाख : नेपालगन्जको धम्बोझी स्थित खजुरारोडमा रहेको गायत्री मन्दिरमा विराट ५१ कुण्डिय गायत्री महायज्ञ हुने भएकोछ ।

गायत्री परिवार पज्ञा मंडल नेपालगन्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा हुन लागेको उक्त महायज्ञ आगामी बैशाख २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा बिहान ९ बजेदेखि १२ बजेसम्म दिव्य आकर्षक झाँकीको साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रा, गायत्री शक्तिपीठ धम्बोझी देखि नगरपरिक्रमा गरी शुभारम्भ गर्ने तयारी गरिएकोछ ।

सोही दिन बेलुका ४ बजेदेखि ७ बजेसम्म युग ऋषी तपोनिष्ट वेदमूर्ति पंण्डित श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञापुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने आयोजकले बताएको छ भने दोस्रो दिन बिहान ५ बजेदेखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै सोहीदिन ७ बजेदेखि ११ बजेसम्म विशिष्ट देव आह्वान एवं पूजन डाक्टर जी राज शाक्यको सहयोगबाट निर्मित यज्ञशालाको उद्घाटन संगीतमय श्रीमद् पावन पज्ञापुराण कथा भई शुभारम्भ हुनेछ भने तेस्रो दिन बिहान ५ बजेदेखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम, ७ बजेदेखि ११ सम्म गायत्री महायज्ञ एवं विभिन्न संस्कार हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म कार्यकर्ता गोष्ठी र ४ बजेदेखि ७ बजेसम्म श्रीमद् पावन प्रजापुराण कथा एवं भव्य दीप महायज्ञ हुनेछ भने अन्तिम दिन ५ बजेदेखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने आयोजकले जनाएकोछ ।

७ देखि ११ बजेसम्म गायत्री महायज्ञको पूर्णाहूति हुने र दिउँसो १२ बजेदेखि ४ बजेसम्म सत्यनारायण पाठकद्वारा सम्पन्न सवा करोड़ गायत्री मन्त्र जप अनुष्ठानको पूर्णाहूति एवं विभिन्न संस्कार, आचार्यगणको विदाई प्रसाद भण्डारा गराई समापन हुने आयोजक गायत्री परिवार पज्ञा मंडल नेपालगन्ज तथा गायत्री परिवारले बताएको छ ।

यसका लागि महायज्ञ कार्यक्रमको जिम्मेवारीमा संयोज सत्यनारायण प्रसाद पाठक, सह–संयोजक डाक्टर विजयप्रसाद प्रधान, महासचिव वेचन गुप्ता, आर्थिक व्यवस्थापनमा गिरवर प्रसाद अग्रवाल, आवासीयमा आकाश गुप्ता, मुख्य प्रचार समितिमा पशुपति दयाल मिश्र, प्रचार समितिमा राजकिशोर बढई, पंजियवमा पदम अर्याल, पोडाल समितिमा मनीस कर्माचार्य, यज्ञशाला समितमा रेनु बेलबासे, भोजानालय समितिमा रामगोपाल वैश्य, कलशयात्रामा सेतुलिमाया श्रेष्ठ, चन्द्रकला शर्मा, शान्ति सुरक्षामा नारायणदत्त पोख्रेल, गंगाराम थापा, सचिवालयमा रामगोपाल अग्रवाल, जलकल विभागमा बाबादीन वर्मा, सरसफाइ विभागमा मीनप्रकाश केसी र मीडिया प्रभारीको जिम्मेवारी पत्रकार रुद्र सुवेदीलाई दिइएको आयोजकले बताएको छ ।