नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद चौलागाईलाई मातृ शोक


नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद चौलागाईलाई मातृ शोक

नेपालगन्ज १५ वैशाख : नेपाल प्रेस युनियन बाँकेका केन्द्रिय पार्षद एवम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईलाई मातृ शोक परेकोछ ।

उनकी आमा बिनशोवा चौलागाईको ८१ वर्षको उमेरमा विहीबार राती निधन भएको हो । मस्तिष्कघात भएर केही समयदेखी उपचार गराइरहेकी उनको भेरी अस्पताल नेपालगन्जमा बिहीबार राती १०ः५० बजेतिर निधन भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष समेत रहेका शुक्रऋषीका आमाको आजै(शुक्रबार) दिउँसो बर्दियामा धार्मिक बिधिपुर्बक अन्त्येष्टी गरिएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–८ ओस्ताजपुर निवासी मृतक चौलागाईंका ४ छोरी र २ छोरा छन् ।

यसैबीच युनियन केन्द्रिय पार्षद चौलागाईलाई मातृशोक परेको प्रति नेपाल प्रेस युनियन बाँके शाखाले स्तब्ध भएको जनाएको छ । युनियन बाँकेका सचिव विजय मल्लले शुक्रबार(आज) एक शोक वक्तब्य जारी गर्दै यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि वक्तब्यमार्फत समवेदना प्रकट गरिएको छ ।