नेपालगन्ज १५ वैशाख : नेपाल प्रेस युनियन बाँकेका केन्द्रिय पार्षद एवम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईलाई मातृ शोक परेकोछ ।
उनकी आमा बिनशोवा चौलागाईको ८१ वर्षको उमेरमा विहीबार राती निधन भएको हो । मस्तिष्कघात भएर केही समयदेखी उपचार गराइरहेकी उनको भेरी अस्पताल नेपालगन्जमा बिहीबार राती १०ः५० बजेतिर निधन भएको हो ।
नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष समेत रहेका शुक्रऋषीका आमाको आजै(शुक्रबार) दिउँसो बर्दियामा धार्मिक बिधिपुर्बक अन्त्येष्टी गरिएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–८ ओस्ताजपुर निवासी मृतक चौलागाईंका ४ छोरी र २ छोरा छन् ।
यसैबीच युनियन केन्द्रिय पार्षद चौलागाईलाई मातृशोक परेको प्रति नेपाल प्रेस युनियन बाँके शाखाले स्तब्ध भएको जनाएको छ । युनियन बाँकेका सचिव विजय मल्लले शुक्रबार(आज) एक शोक वक्तब्य जारी गर्दै यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि वक्तब्यमार्फत समवेदना प्रकट गरिएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ