‘गैरजिम्मेवार’ बिद्युत प्राधिरण


‘गैरजिम्मेवार’ बिद्युत प्राधिरण

File Photo

नेपालगन्ज १७ वैशाख : गर्मीयाम सुरु भईसक्दा पनि उपभोक्तालाई गुणस्तरीय बिद्युत सेवा उपलब्ध गराउन बिद्युत प्राधिकरण गैरजिम्मेवार बनेको छ ।

गर्मीयामको समयमा नेपालगन्ज क्षेत्रमा यहाँका उपभोक्ताले ‘लो भोल्टेज’ र अघोषित सेडिङ सम्बन्धी समस्या खेप्नुपर्छ । तर, गर्मी सुरु भईसक्दा पनि प्राधिकरणले आफ्नो प्राविधिक कुरालाई सुधार गर्न सकेको छैन ।

प्राधिकरणले अहिले बल्ल ‘कम भोल्टेज भएको ट्रान्सफर्मर’ अपग्रेड गर्न थालेको छ । कण्डक्टर तारलाई ३ बाट ५ राखिएको, बुस कटिङ गरिरहेको, फेज थप, ओभर लोड भएको फिडरलाई सवस्टेशनबाट अर्काे फिडरमा लैजाने तयारी भइरहेको, ट्रान्सफर्मरको फ्युज नआओस् भन्नका लागि एलटी लाईनमा एमसिबि बक्स जडान गरिएको प्राधिकरणले जानकारी दिएको छ।

बिद्युतले बिद्युत लाईन निरन्तर सुचारु राख्नको लागि ठाउँ–ठाउँमा डिस कनेक्सन राख्न पहल गरेको, सवस्टेशनमा रहेको ट्रान्सफर्मर र ब्रेकरको मर्मत कार्य गरेको, नानपारादेखि नेपालगन्जसम्म ३३ केभिए लाईनमा भएको रुखहरुको बुस कटिंङ गरेको पनि जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी बिद्युतले विभिन्न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गरेको बुस कटिंङ लगायतका अन्य लाईन सुधारका कार्यहरु गरेको जनाएको छ । नेपालगन्जमा गर्मी बढ्दै जादाँ बिद्युत अनियमित हुँदै आएको छ ।

यसै सन्दर्भमा नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले गरिरहेको तयारीका विषयमा चासो राख्दै सामाजिक अभियन्ता नमस्कार शाहले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम गत चैत २८ गते सूचना माग गरेका थिए ।

प्राधिकरणले नियम अनुसार १५ दिन भित्रमा सूचना उपलब्ध गराउनुपर्नेमा १८ दिनपछि उपलब्ध गराएको बताइएको छ । बिद्युत प्राधिकरण केन्द्रका सूचना अधिकारी भवानी चन्दले सूचना उपलब्ध गराएका हुन् । तर, उक्त सूचनामा लेटरप्याड, चलानी, मिति समेत उल्लेख नभएको शाहले बताएका छन् ।