नेपाल–भारत सीमानाका दुई दिन सिल गरिने


नेपाल–भारत सीमानाका दुई दिन सिल गरिने

File Photo

नेपालगन्ज १७ वैशाख : नेपाल–भारत सीमानाका दुई दिन बन्द गरिने भएको छ ।

बाँके जिल्लासँग सीमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा आगामी वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नेपाल–भारत जमुनाहा सीमानाका दुई दिन बन्द गरिने भएको हो ।

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्ने निर्णय भएको जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

यही वैशाख १९ गते राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने जानकारी प्राप्त भएको जनाउँदै आफूहरूले सोही बमोजिम गर्ने ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक दामु पुनले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताअनुसार काम गर्ने जनाएका छन् । सीमा शील गरिएको अवधिमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिने सहमति दुवै देशका सुरक्षा अधिकारीबीच बनेको छ ।