१० बुँदे घोषणा पत्र सार्वजनिक गर्दै चौतारीको साधरण सभा सम्पन्न


१० बुँदे घोषणा पत्र सार्वजनिक गर्दै चौतारीको साधरण सभा सम्पन्न

नेपालगन्ज १७ वैशाख : प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको छ । ‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने मुल नाराका साथ प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा आईतबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताए । प्रेस चौतारी नेपालले देशभरका जिल्लाहरुमा क्रमश वार्षिक साधारणसभा गर्दै आएको बताउँदै संगठन बलियो बनाउन सक्षम व्यक्तित्वलाई सांगठनिक बनाउन आवश्यक रहेको उनले औल्याए ।

प्रगतिशील पत्रकारहरूको साझा संस्था प्रेस चौतारीको आफ्नै महत्वपूर्ण इतिहास रहेको बताउँदै उनले भने प्रेस चौतारीमा अव्वल र सक्षम पत्रकारले मात्र सदस्यता प्राप्त गर्ने वातावरण तय गर्ने बताए ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पनि गैरपत्रकारलाई सदस्यता बितरण नगर्न उनले आग्रह गर्दै पत्रकारिता क्षेत्रको समयसापेक्ष विकास हुनुपर्नेमा जोड दिए । विकास र समृद्धिकोे निमित्त प्रेस चौतारीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले आफु निकट संगठनको हकहितका लागि पत्रकारिताको माध्यमबाट प्रेस चौतारीले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले संगठनलाई बलियो बनाउनलाई पहिले संगठनमा आवद्ध सदस्यहरु स्वंम सक्षम र क्रियाशिल हुनुपर्नेमा जोड दिए । महासचिव लामाले पत्रकारिता क्षेत्रले समयसापेक्ष प्रविधि र आम पाठक स्रोताको आवश्यकता अनुसार विषय वस्तुहरुलाई उठान गर्नुपर्ने बताए ।

प्रेस चौतारी नेपालका केन्द्रिय सचिव तथा लम्बिनी प्रदेशका इन्चार्ज प्रदिप आचार्यले प्रेस चौतारी बाँके शाखाले संघसंस्थाहरुसंग सहकार्य गरि बिभिन्न कार्यक्रम गरेर संगठनको अक्षयकोषलाई बलियो बनाउन सुझाब दिए । जिल्लागत संगठनहरुले आर्थिक रुपमा बलियो भए मात्र संगठन चलायमान हुने उनले बताए ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहि प्रेस चौतारी बाँकेलाई सांगठनिक तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने संगठनका पुर्व अध्यक्षहरुलाई कदरपत्र सहित सम्मान गरिएको छ ।

१५ औं साधारणसभाबाट १० बुँदे घोषणा पत्र सार्वजनिक गरिएको छ । लोकतान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अधिकारको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउने ज्ञात अज्ञात सबै सहिदहरुप्रति साधारणसभा हार्दिक श्रद्धासुमन सहित सम्मान गर्दछ, प्रेस चौतारी नेपालको माग र दवावका आधारित, नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका लागि जारी गरेको कार्यविधिलाई हामी स्वागत गर्दै, यसको अक्षरसः कार्यान्वयनका लागि यो साधारण सभा आह्वान गर्दछ, आमसञ्चारको सम्मान विकास र संम्बर्धन हुनेगरि बाँकेका सबै स्थानीयतहका सरकारलाई जवाफदेही बन्न अनुरोध गरेकोछ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, महासंघ बाँकेका पूर्व अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमल डाँगीले सांगठिनक प्रतिवेदन र कोषाध्यक्ष ज्याउल मुस्ताफा कादरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।