ट्रेड युनियन बाँकेको दोस्रो कार्यकालका लागि मल्ल सर्वसम्मत


ट्रेड युनियन बाँकेको दोस्रो कार्यकालका लागि मल्ल सर्वसम्मत

नेपालगन्ज १८ वैशाख : नेपाल ट्रेड युनियन काँग्रेस बाँकेको दोस्रो कार्यकालका लागि राम बहादुर मल्ल पुनः दोहोरिएकाछन् । श्रमिक दिवसको अवसर पारेर नेपालगन्जमा भएको सातौं जिल्ला अधिवेशनमा मल्ल पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

आगामी चार वर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा तोजिन्द्र बहादुर विक, महिला उपाध्यक्षमा पवित्रा ढकाल, उपाध्यक्ष अनौपचारिकमा परिमल विष्ट, उपाध्यक्ष उत्पादनमा महेन्द्र विक, उपाध्यक्ष सेवातर्फ दीपकराज ओली, सचिवमा शिवध्वज शाही, सह–सचिवमा चेतनारायण शर्मा र नारायण शर्मा, कोषाध्यक्षमा नरेशबाबु श्रेष्ठ तथा सह–कोषाध्यक्षमा अमृता शाही निर्विरोध निर्वाचित भए ।

यसैगरी कार्यसमितिको महिला सदस्यतर्फ जानकी सापकोटा, पुष्पा सुनार, सुनिता सिंह, बिमला दास, खुल्ला सदस्यमा मोहन देवकोटा, माधव वर्नवाल, धने थापा, सञ्जय कुमारी द्विवेद्वी र शिवराज आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि मल्लले नेपाली काँग्रेसको राजनीतिको इतिहाससँग जोडिएको ट्रेड युनियनले काँग्रेसको गरिमालाई उच्च बनाउने काम गर्ने बताए । उनले भने, ‘नेपाली काँग्रेसको गर्विलो ईतिहासमा ट्रेड युनियनको योगदान महत्वपुर्ण छ । यसले आम मजदुरको हक हितको वकालत गर्दै काँग्रेस पार्टीलाई बलियो बनाउन योगदान दिइरहेको छ । ट्रेड युनियनले रिक्सा चालक, दैनिक ज्याला गर्नेदेखि लिएर विभिन्न क्षेत्रमा काम गरिरहेका आम श्रमिकहरुको हकहित र अधिकारलाई स्थापित गराउने लक्ष्य साथ काम गर्नेछ ।’

Kids Festival 2022
kanti aarogya hospital

काँग्रेसको नेतृत्वमा बनेको सामाजिक सुरक्षा कोषलाई कार्यान्वनयको दिशामा लग्न ट्रेड युनियन काँग्रेसले महत्वपुर्ण भुमिका खेलेको भन्दै नवनिर्वाचित अध्यक्ष मल्लले राज्यको नेतृत्व गर्नेहरुले श्रमिकको सम्मान गर्नु पर्ने बताए । उनले थपे,‘नेपालको हरेक राजनितिक परिवर्तनमा नेपाल ट्रेड युनियन काँग्रेस सरिक हुन्छ । तर, नेतृत्वमा पुगेपछि श्रमिकको अभिकार र सुरक्षामा राज्यले चासो नदिएको आभास हामीले गरेका छौं । यसका निम्ति हामी सधै आवाज उठाउँछौं ।’

एक सय ३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस(मे १) को अवसर पारेर ‘सामाजिक न्याय विना शान्ति’ हुँदैन भन्ने नाराका साथ भएको अधिवेशनको उद्घाटन शत्रमा नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङ प्रमुख अतिथिका रुपमा सहभागि भएका थिए ।

उद्घाटन शत्रमा नेपाली काँग्रेसका उप–सभापति संघीय सांसद धनराज गुरुङसँगै नेपाली काँग्रेसका सह–महामन्त्री एवम् संघीय सांसद किशोर सिंह राठौर, नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर गोविन्द पोखरेल, राष्ट्रिय सभा सदस्य एवम बाँके काँग्रेसका पुर्व पार्टी सभापति युवराज शर्मा, नेपाली काँग्रेस बाँके सभापति नारायण प्रसाद गौडेल, पुर्व पार्टी सभापति एवम पुर्व मन्त्री गजेन्द्र हमाल, निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी, माया पुन, संविधान सभा सदस्य भोला सिद्दिकी, बाँके क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति रमेश गुप्ता, क्षेत्र नम्बर–१ नम्बर क्षेत्रीय सभापति पोषण केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला समन्वय समिति बाँकेको सभाहलमा भएको अधिवेशनमा २ सय ७५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेमा विभिन्न २३ वटा संघहरु सदस्यको रुपमा आवद्ध रहेका छन् । उद्घाटन समारोहका अवसरमा आयोजकले संगठनका पुर्व अध्यक्ष र सहयोगीदाताहरुलाई सम्मान गरेको थियो ।

थप समाचार 

ट्रेड युनियन काँग्रेस बाँकेको अधिवेशनको भब्य तयारी