‘यातायातको सेवा प्रवाह झन्झटिलो भयो’


‘यातायातको सेवा प्रवाह झन्झटिलो भयो’

File Photo

नेपालगन्ज २० वैशाख : बास नेपालले यातायात ब्यबस्था कार्यालय नेपालगन्जको कार्यालयमा गुनासो संकलन गरेको ।

नागरिकहरुको प्रत्यक्ष सरोकार रहने सरकारी कार्यालयमा सेवाग्राहीहरुले सहज तरिकाले सेवा प्राप्त गरे नगरेको, सेवा लिँदा ब्योहोर्नु परेको झन्झटहरुलाई मध्यनजर गर्दै आफ्नो नियमित कार्यक्रम स्वरुप बास नेपालले गुनासो संकलन गरेको हो ।

सेवा लियर फर्किरहेका एक सय जना सेवाग्राहीहरुबाट संकलन गरिएको नागरिक गुनासोहरुमा कार्यालय ब्यबस्थित नभएको, पार्किङ्गको असुबिधा, खाने पानीको ब्यबस्था नभएको, महिला, पुरुष र अपाङ्गता भएका ब्यक्तिहरुको लागि अलग–अलग लाईनको ब्यवस्था नभएको, ईन्टर्नेट भरपर्दो नभएको जस्ले गर्दा सर्भर डाउन भएर लाईनबद्ध सेवाग्राहीहरु घण्टौँ लाईन लाग्नु पर्ने बाध्यता भएको जस्ता गुनासोहरु ब्यक्त गरेका थिए ।

त्यस्तै सेवाग्राहीहरु लाईन लाग्ने ठाउँमा टिनको छानो भएकाले पन्खाको ब्यबस्था हुनुपर्ने, सेवा प्रबाहमा डिजिटल प्रणाली बाट गर्नुपर्ने, टोकन सिस्टम प्रणाली भए लाईन लाग्नुपर्ने कठिनाईबाट मुक्त भईने, पहिलोपटक कार्यालय आउने सेवाग्राहीलाई सहज वातावरण बनाउन सोधपुछ शाखा पर्ने, कार्यालयको बाहिरैबाट लाईन लागेका बिचौलियाहरुको अन्त्य गरिनुपर्ने लगाएतका जनगुनासाहरु सेवाग्राहीहरुले बासकर्मीहरुसँग बताएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

गु्नासो संकलन कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीको नेतृत्वमा सहजकर्ता रमिता शाह, कार्यक्रम सहायक अशोक रावल, असलशासन मिडियाकी बजार प्रतिनिधि जानकी बिक, ईन्टर्न मिना घर्ति, नानीमाया जैशी, निशु बिश्वकर्मा, स्वयंसेबक प्रेम नेपाली र बासुदेव उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।