प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका विषयमा कानून बनाउन जोड


प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका विषयमा कानून बनाउन जोड

नेपालगन्ज २० वैशाख : प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता संवैधानिक अधिकारका रुपमा संरक्षित गरिएपनि त्यसअनुरुप कानून निर्माण हुन नसक्नु दुःखद् पक्ष भएको बाँकेका पत्रकारले बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रा दिवसका अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको पूर्ण प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि बाँकेका पत्रकारले यस्तो बताएका हुन् ।

उनीहरुले प्रेसमैत्री कानून निर्माणमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । प्रेस स्वतन्त्रता हननका घटना संख्यामा कम जस्तो देखिएपनि प्रबृत्ति उस्तै रहेको भन्दै पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् । राज्य र राजनीतिक दल प्रेस स्वतन्त्रताका सवालमा अनुदार रहेको टिप्पणी उनीहरुको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व उपाध्यक्ष गोविन्द शर्मा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टर बाँकेका सचिव केपी घिमिरे, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, पत्रकारहरु शंकरप्रसाद खनाल, विरेन्द्र जैसी, सुमन गिरी श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

उपाध्यक्ष संगिन शर्माले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासंघ सचिव कमल डाँगीले गरेका थिए । हरेक वर्ष मे ३ तारिखमा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघ बाँके शाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।