नेपालगन्ज २२ वैशाख : बाँकेको कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षमा एकैपटक १४ वटा विद्यालयका भवन निर्माण गरिरहेकोछ । शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको कोहलपुर नगरपालिकामा दुई वटा विद्यालयका भवन निर्माण सम्पन्न भइसकेका छन्, भने अरु १२ वटा विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको छ ।
कोहलपुर नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमालका अनुसार ती भवनहरु विशेष अनुदान, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र नगरपालिकाले शिक्षा समन्वय र विल्डन नेपालसँगको सहयोगमा निर्माण भइरहेकोछ ।
कोहलपुर नगरपालिका–४ मा रहेको सगरमाथा ज्ञानपुञ्ज माविको ४ कोठे र कोहलपुर नगरपालिका–१४ मा रहेको राधाकृष्ण प्राथमिक विद्यालयको २ कोठे भवनको निर्माण कार्य भने पूरा भइसकेको छ ।
यस्तै कोहलपुर–१५ स्थित नेपाल राष्ट्रिय आभारभूत विद्यालय चन्नहवाको २ कोठे, चटारको ३ कोठे र नेपाल आधारभूत विद्यालय चौधरियाको २ कोठे, कोहलपुर–१४ स्थित सृजना बाल प्राविको ३ कोठे र हवलदारपुरस्थित राम माध्यामिक विद्यालयको ४ कोठे, कोहलपुर–१ को जन ज्ञानज्योति माविको ४ कोठे र कृष्ण माविको ४ कोठे भवनको निर्माण कार्य भइरहेको छ ।
त्यसैगरी कोहलपुर–१० स्थित ज्ञानज्योति माविको ४ कोठे, कोहलपुर–२ स्थित लक्ष्मी माविको ८ कोठे, कोहलपुर–५ को सिद्धार्थ माविको ४ कोठे र कोहलपुर–९ को जनज्योति आधारभूत विद्यालयको ४ कोठे भवनको निर्माण कार्य पनि भइरहेको छ । कतिपय विद्यालयका भवनहरु जीर्ण अवस्थामा रहेका र कतिपय विद्यालयमा विद्यार्थीको चापको अनुपातमा भवन अभाव देखिएकाले आवश्यकता आधारमा भवन निर्माण भइरहेको नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख हमालले बताए ।
विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै जनशक्ति अभावलाई पनि नगरपालिकाले टार्ने प्रयास गरेको छ । शिक्षक अभाव भएका विद्यालयमा आवश्यकताका आधारमा नगरपालिकाले अनुदानमा ४१ जना शिक्षक राखेको छ ।
‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक संरचनाले पनि ठूलो प्रभाव पार्छ’ हमालले अगाडी थपे–‘कम्तिमा पनि विद्यार्थीहरुले ढुक्क भएर पढ्न सक्ने संरचना हुन आवश्यक छ ।’
यता कोहलपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको भन्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न योजना बनाएर काम गरिरहेको जानकारी दिए ।
उनले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र कक्षा १ देखि ३ सम्म पाठ्यपुस्तक पनि तयार भइसकेको जानकारी दिए । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि मेरो विद्यालय मेरो जिम्मेवारीसम्मका कार्यक्रम लागू गरिएको भन्दै उनले शिक्षण स्वयमसेवक परिचालन गर्ने योजना रहेको समेत बताए ।
अहिले कोहलपुरका सम्पूर्ण सामुदायिक विद्यालय इन्टरनेटको पहुँचमा रहेको पनि बताए । ‘कुनै पनि विद्यालयमा अव हातले चिठी लेख्नु पर्ने अवस्था छैन उनले भने–‘विद्यालयलाई प्रविधिसँग जोड्ने हाम्रो अधिकतम प्रयास भइरहेको छ ।’ कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षमा शिक्षामा ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।
यस्तै सशर्त अनुदान तर्फ २१ करोड र मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ७० लाख बजेट रहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । कोहलपुरमा ३० वटा सामुदायिक विद्यालय छन् भने ५६ वटा संस्थागत विद्यालय रहेका छन् ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ