नेपालगन्ज २४ वैशाख : जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको नविन सोंच/इनोभेटिभ आइडिया सम्बन्धी प्रतिभा डवली कार्यक्रममा छनोट भएका छन् ।
मन्त्रालयले राष्ट्र सेवक निजामती कर्मचारीको नीति तर्जुमामा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माण लगाएतका विषयमा कार्यसम्पादनको सिलसिलामा वा सोका अतिरिक्त आफुमा अन्तरनिहित प्रतिभा उजागर उत्तम नतिजा हाँसिल गर्न प्रेरित गर्ने उद्देश्यले नविन सोँच÷इनोभेटिभ आइडिया प्रतिभा डवली कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ चैत्र १ सार्वजनिक सूचना प्रकाशित गरेर राष्ट्रसेवक निजामती कर्मचारीहरुबाट अनलाइन मार्फत प्रतिभा डवलीका लागि नविन सोँच÷इनोभेटिभ आइडिया संकलन गरेको थियो । सहभागी आइडिया मध्येबाट उच्च अंक प्राप्त गर्ने तीस जना सहभागीको प्रारम्भीक सूची सार्वजनिक गरिएको छ ।
पाण्डेलाई नेपाल सरकारले निजामती सेवा दिवश २०७९ को अवसरमा पचास हजार पुरस्कार राशीको निजामती सेवा पुरस्कार प्रदान गरेको थियो । पाण्डेले वाणिज्य कार्यालय नेपालगन्जमा कार्यालय प्रमुख रहँदा सेवाग्राहीको सहजताका लागि सबै कामका लागि एउटै साझा निवेदन ढाँचाको विकास, विभिन्न नगरपालिकाहरुमा काम गर्दा रोजगारी तथा क्षमता विकास, हरियाली र सरसफाई तथा सार्वजनिक सरोकारका पूर्वाधार निर्माणमा समेत उल्लेखनिय भूमिका निर्वाह गरेको पाइन्छ भने संस्कृति जगेर्ना, साहित्य, लेखन तथा समाज सेवामा समेत पाण्डेको उल्लेखनीय संलग्नता रहेको छ । पाण्डे नैतिक मूल्य तथा सुशासन विषयमा नेपाल संस्कृत विश्व विद्यालयबाट विद्यावारिधी गरि रहेकाछन् ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ