नेपालगन्ज २४ बैशाख : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज स्नातक तह कानून विषयका आशिंक विद्यार्थीले त्रिभुवन विश्वविद्यालयसँग सूचना माग गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने कानून संकायलगायत विभिन्न विषयको स्नातक तहको परीक्षाको प्रश्नपत्र अंग्रेजी भाषामा मात्र प्रश्नहरु किन सोध्ने गरिएको त्यसको कुनै नीति, कानून निर्देशिका छ छैन यदि छ भने त्यसको प्रमाणित प्रतिलिपी पाउँ भनेर सूचना माग गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा २७ अनुसार विद्यार्थीहरुले परीक्षमा सहभागी विद्यार्थीहरुले उत्तरपुस्तिका नेपाली भाषामा लेख्ने व्यवस्था गरिएको भएपनि प्रश्न किन अंग्रेजी भाषामा मात्रै सोधिने गरेको ? नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोध्ने व्यवस्था किन नगरिएको हो त्यसको जानकारी पाउँ ? परीक्षामा सहभागी हुने अधिकाँस विद्यार्थीहरुले भाषाका कारण प्रश्न पत्र नबुझेर लेख्न नसकेर असफल भईरहको अवस्थालाई विश्वविद्यालयले यसबारेको समस्या समाधान गर्नेतर्फ के योजना बनाएको छ ? त्यसको पुर्ण विवरण पाउँ । र, छिमेकी देश भारतमा स्नाकोत्तर परीक्षाहरुमा समेत अंग्रेजी र हिन्दी भाषामा प्रश्नपत्र सोधिने प्रावधानहरु रहेपनि नेपालमा राष्ट्रिय भाषाको रुपमा रहेको नेपाली भाषालाई किन मान्यता नदिएको त्यसबारे पुर्ण जानकारी पाउँ ? लगायतको सूचना माग गरिएको छ ।
कानून संकायका आशिंक विद्यार्थीहरु राकेशकुमार मिश्र, सूर्यलाल यादव, ताराप्रसाद खत्री, धु्रबराज शर्मा, शंकर प्रसाद न्यौपाने, रविन्द्र कुमार ज्ञवाली, अञ्जना चौधरी, कविता मण्डल र सोमनाथ थारुले सयुक्त रुपमा आज आईतबार सूचना माग गरेका हुन् ।
विश्वविद्यालयबाट कानून संकायको दोस्रो वर्षको आशिंक परीक्षा आजदेखि शुरु भएको छ । आईतबार पहिलो दिन सार्वजनिक अन्र्तराष्ट्रिय कानून विषयको परीक्षा भएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ