नेपालगन्ज २४ वैशाख : कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताबाहक परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
कुमारी बैंक लिमिटेडको नेपालगन्ज शाखामा परिवार सुरक्षा बचत खाता खोलेका लोकेन्द्र भण्डारीको तीन महिना पहिले सडक दुर्घटनामा मृत्यु भएको थियो ।
सडक दुर्घटनामा श्रीमानको मृत्यु भएपछि कुमारी बैँकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत मृतककी श्रीमति हेमु खत्री भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । कुमारी परिवार सुरक्षा बचत खाता खोल्दा खाताबाहकले कम्तीमा १० हजार रुपैयाँ बचत राख्नुपर्छ ।
यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्छन् ।
सो खातामा दुर्घटना मृत्यु, चिकित्सा उपचार र गम्भीर रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ४ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ