कुमारी बैंकद्वारा भण्डारीलाई १० लाख रुपैयाँको बीमा रकम भुक्तानी


कुमारी बैंकद्वारा भण्डारीलाई १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

नेपालगन्ज २४ वैशाख : कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताबाहक परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

कुमारी बैंक लिमिटेडको नेपालगन्ज शाखामा परिवार सुरक्षा बचत खाता खोलेका लोकेन्द्र भण्डारीको तीन महिना पहिले सडक दुर्घटनामा मृत्यु भएको थियो ।

सडक दुर्घटनामा श्रीमानको मृत्यु भएपछि कुमारी बैँकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत मृतककी श्रीमति हेमु खत्री भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । कुमारी परिवार सुरक्षा बचत खाता खोल्दा खाताबाहकले कम्तीमा १० हजार रुपैयाँ बचत राख्नुपर्छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्छन् ।

सो खातामा दुर्घटना मृत्यु, चिकित्सा उपचार र गम्भीर रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ४ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।