‘अस्थिर राजनीतिका कारण देशमा दुर्घटना उन्मुख’ : राष्ट्रिय सभा सदस्य शर्मा

‘ओली बोलीको ठेगान नभएका नेता हुन्’


‘अस्थिर राजनीतिका कारण देशमा दुर्घटना उन्मुख’ : राष्ट्रिय सभा सदस्य शर्मा

नेपालगन्ज २५ वैशाख : राष्ट्रिय सभा सदस्य युवराज शर्माले अस्थिर राजनीतिका कारण देश दुर्घटना उन्मुख भएको बताएकाछन् । देशको अस्थिर राजनीतिप्रति चिन्ता ब्यक्त गर्दै शर्माले भने–‘देशमा अस्थिर राजनीति छ । यसले देशमा दुर्घटना घटन् सक्छ ।’

नेपाल प्रेस युनियन बाँके शाखाको कार्यालयमा पत्रकारसँग कुरा गर्दै नेपाली काँग्रेस बाँकेका पूर्व सभापति समेत रहेका राष्ट्रिय सभाका सदस्य शर्माले भने–‘नेपाललमा लोकप्रियताबादको राजनीति हाबी हुँदै गएकोछ । यसले देश अस्थिर राजनीतिबाट गुज्रिरहेको छ । कसैले पनि स्थिर राजनीति चाहेका छैनन् ।’

उनले अगाडी थपे–‘एकले अर्कालाई सिध्याउने चलखेल मात्रै भइरहेको छ । यो राम्रो संकेत होइन । यसले देश नै सिध्याउने हो की भन्ने चिन्ता छ । आर्थिक संकटबाट देश गुज्रिरहेकोछ । यस्तो अवस्थामा देशलाई कसरी सही ट्रयाकमा ल्याउने भन्नेमा सबै लाग्नुपर्छ ।’ शर्माले राजनीतिक पार्टीहरुमा बैचारिक सिद्धान्त हराउँदै गएको आफूले देखेको बताए ।

उनले देशमा स्थिर राजनीतिक बनाउन संवैधानिक सबै राजनीतिक पार्टीहरु अब एक ठाउँमा बसेर चिन्तन गर्नु पर्ने बताए । उनले भने, ‘देशमा आर्थिक संकट पनि छ । नयाँ कार्यक्रमहरु आएका छैनन् । अहिले देशमा कसरी राजनीतिलाई स्थिर बनाउने भन्ने प्रमुख समस्या रहेको छ ।’

Kids Festival 2022
kanti aarogya hospital

सोमबार प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कपडा खोल्दै बोल्न पाउनुपर्ने भनेर सभामुख देवराज घिमिरेमाथि खनिएको विषयलाई लिएर संसदमा तमासा देखाउन खोजिएको राष्ट्रिय सभा सदस्य शर्माको तर्कछ । उनले भने–‘संसदमा कपडा खोलेर तमासा देखाउने काम गरियो । यसमा सभामुख देवराजले एक्सन लिनुपर्ने थियो त्यसो गरिएन । यो मर्यादा विपरितको आचरण हो ।’

यस्तै देशब्यापी चर्चामा रहेको भुटानी सरणार्थी प्रकरणका विषयमा उनले दोषीलाई कानूनी कारबाही गरिनुपर्ने बताए । ‘घटनाको दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ, यसमा राजनीतिक पार्टीले कसैलाई पनि छोड्न हुदैन’ शर्माले भने ।

उनले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीको बोलीको ठेगान नभएको बताए । पत्रकारसँगको कुराकानीमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै भने ओलीको बोलीको ठेगान छैन । उनी बोलीको ठेगान नभएका नेता हुन् । के बोल्छन् उनलाई समेत थाहा हुँदैन ।

‘कम्युनिष्ट भएर कहिले राम मन्दिरको कुरा गर्छन् । कहिले पशुपति मन्दिरमा जलप चडाइदिन्छन् । कहिले राजाबादी राप्रपाको समर्थन गर्छन्,’ उनले भने ।

त्यसैगरी शर्माले देशको अर्थमन्त्री पदमा अर्थशास्त्री व्यक्ति भएको कारण अर्थतन्त्रमा केही सुधारका कामहरु भइरहेकाले वर्तमान देखिएको आर्थिक समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको उक्त पत्रकारसँगको कुराकानीमा युनियन बाँकेका सल्लाहकार चेतकान्त भट्टराई, सचिव विजय मल्ल, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, पत्रकारहरु लक्ष्मण ढुङ्गाना, विक्रम बुढाथोकी, भिष्म लोध, कृष्ण अधिकारी लगायतको उपस्थिती रहेको थियो ।