लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा मख्खन धामी


लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा मख्खन धामी

नेपालगन्ज २७ वैशाख : लायन्स क्लब अफ नेपालगन्जको अध्यक्षमा युवा व्यवसायी मख्खन धामी निर्वाचित भएकाछन् ।

नेपालगन्जका युवा व्यवसायी धामी लायन्स क्लब अफ नेपालगन्जको आगामी वर्ष २०२३/२०२४ लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

लायन्स क्लब अफ नेपालगन्ज २०२२/२०२३ का अध्यक्ष पुष्कर बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमबाट ७ सदस्यिय कार्यसमिति चयन गरिएकोछ । भने पूर्व गर्भनर सेम शाक्य रहेका थिए ।

धामीको अध्यक्षतामा चयन भएको लायन्स क्लब अफ नेपालगन्जको प्रथम उपाध्यक्षमा सरोज न्यौपाने, द्वितिय उपाध्यक्षमा यज्ञबहादुर बस्नेत, सचिवमा तेजबहादुर रावल, सहसचिवमा नर्बदा शाही, कोषाध्यक्षमा टेकबहादुर खड्का र सहकोषाध्यक्षमा डाक्टर सुभाष योगी चयन भएकाछन् ।