File Photo
नेपालगन्ज २८ वैशाख : नेपाल वायुसेवा निगमले दुईवटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।
प्रादेशिक रूपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई जहाज खरिद गर्ने कार्ययोजना अघि बढाएको हो ।
यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकबाट समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरी काम सुरु गरिसकेको छ ।
‘सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमले दुईवटा जहाज खरिद गरेपश्चात् काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढीलगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ ।’ -रासस
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने