नेपालगन्ज ३० वैशाख : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरसहित २२ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएकोछ ।
नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्।
शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । जसमा बाँके प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी घर्तीमगर एसपी बढुवा सिफारिसमा परेका हुन् ।
प्रहरी उपरीक्षक (एसपी)मा पहिलो नम्बरमा गौतमकुमार केसीको नाम सिफारिस भएको छ । केसीको दरबन्दी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, काठमाण्डौँमा रहेकोछ ।
दोस्रोमा बसुन्धरा खड्का, तेस्रोमा अपिलराज बोहरा, चौथोमा नवराज कार्की र पाँचौंमा गोविन्द पुरीको बढुवा सिफारिस भएको हो ।
यस्तै छैठौंमा रविन्द्र बहादुर सिंह, सातौंमा चित्रबहादुर गुरुङ, आठौंमा बाँकेका डिएसपी घर्तीमगर, नवौंमा बासुदेव पाठक र दशौं नम्बरमा रुपेश खड्काको बढुवामा नाम सिफारिस भएकोछ ।
यसैगरी क्रमश, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शलिकराम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेलको नाम बढुवामा सिफारिस भएकोछ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ