बाँकेका डिएसपी घर्तीमगरसहित २२ जनालाई एसपीमा सिफारिस


बाँकेका डिएसपी घर्तीमगरसहित २२ जनालाई एसपीमा सिफारिस

नेपालगन्ज ३० वैशाख : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरसहित २२ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएकोछ ।

नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । जसमा बाँके प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी घर्तीमगर एसपी बढुवा सिफारिसमा परेका हुन् ।

प्रहरी उपरीक्षक (एसपी)मा पहिलो नम्बरमा गौतमकुमार केसीको नाम सिफारिस भएको छ । केसीको दरबन्दी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, काठमाण्डौँमा रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

दोस्रोमा बसुन्धरा खड्का, तेस्रोमा अपिलराज बोहरा, चौथोमा नवराज कार्की र पाँचौंमा गोविन्द पुरीको बढुवा सिफारिस भएको हो ।

यस्तै छैठौंमा रविन्द्र बहादुर सिंह, सातौंमा चित्रबहादुर गुरुङ, आठौंमा बाँकेका डिएसपी घर्तीमगर, नवौंमा बासुदेव पाठक र दशौं नम्बरमा रुपेश खड्काको बढुवामा नाम सिफारिस भएकोछ ।

यसैगरी क्रमश, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शलिकराम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेलको नाम बढुवामा सिफारिस भएकोछ ।