नेपालगन्ज मेडिकल कलेजका डाक्टरदेखि व्यापारीसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश


नेपालगन्ज मेडिकल कलेजका डाक्टरदेखि व्यापारीसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

सदस्यता ग्रहण गर्दै नेपालगन्ज मेडिकल कलेजकी डा.कमर जहा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश । तस्विर : सेतोखरी

नेपालगन्ज ३० बैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) मा नेपालगन्जका डाक्टरदेखि व्यापारीसम्म प्रवेश गरेका छन् । नेपालगन्ज मेडिकल कलेजकी बरिष्ठ स्त्रिरोग बिशेषज्ञ डाक्टर कमर जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी छन् ।
 
नेपालगन्जमा शनिबार आयोजित एक कार्यक्रममा डाक्टर कमर राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहण गर्दै पार्टी प्रवेश गरेकी हुन् ।
 
उनीसँगै नेपालगन्जका सिए बालकृष्ण लामिछाने, कान्तिपुर इलेक्ट्रोनिक्सका ऋषी कडेंल, प्रकाश कडेंल लगायत एकसय भन्दा बढी व्यक्तिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिदैँ पार्टीमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेपालगन्जका नेता विवेक श्रेष्ठले सेतोखरीलाई जानकारी दिए ।
 
कार्यक्रमकी प्रमुख अतिथी प्रतिनीधिसभा सांसद लक्ष्मी तिवारीले सबैलाई सदस्यता प्रदान गरेकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेपालगन्ज नगरअध्यक्ष नविन खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारी लगायतको उपन्स्तिी रहेको थियो ।
Kanti Aarogya Hospital Nepalgunj