नेपालगन्ज ३० वैशाख : नेपालगन्जमा स्थापित उद्योगपति कमल कार्कीले बाँकेको खजुरा गाउँपालिका–४ का एक परिवारका दिदीभाईको शैक्षिक निरन्तरताका लागि सहयोग गरेकाछन् ।
कार्कीले ज्ञानोदय मावि खजुरामा कक्षा ९ मा अध्ययनरत पुनम बुढा र मनकामना माविमा कक्षा ७ मा अध्ययनरत गणेश बुढाको शैक्षिक निरन्तरताका लागि घरमै पुगेर २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, एमाले बाँके जिल्ला कमिटी सदस्य देवराम विसी, ब्यवसायी नमु पाण्डेसहित घरमै पुगेर कार्कीले दुबैका हजुरबुवा टेकबहादुर रोकायलाई उक्त रकम हस्तन्तरण गर्दै जेहेन्दार विद्यार्थीको रुपमा अघि बढ्न आग्रह गरे ।
दुई वर्षअघि बुवाको कोभिड–१९का कारण निधन भएपछि पुनम र गणेश मावलीमा बसेर अध्ययन अध्यापन गर्दै आएका छन् । सहयोग प्राप्त भएपछि हजुरबुवा रोकायले यस सहयोगले दुबैजनाको एक वर्षको शैक्षिक क्रियाकलाप अघि बढाउन पुग्ने भएकाले सहयोगका लागि धन्यबाद दिए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ