समाजवादी प्रेस संगठन बर्दियाको अध्यक्षमा गौतम सर्वसम्मत


समाजवादी प्रेस संगठन बर्दियाको अध्यक्षमा गौतम सर्वसम्मत

बर्दिया ३० वैशाख : समाजवादी प्रेस संगठन बर्दियाको अध्यक्षमा प्रतापकुमार गौतम सर्बसम्मत निर्वाचित भएकाछन् । शाखाको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेकोछ ।

उपाध्यक्ष मनु अधिकारी, सचिव दिलिप लम्साल, कोषाध्यक्ष सरिता कुमारी शाही, सदस्यहरुमा एलिसा रावत, प्रताप पोखरेल, अर्जुन पोखरेल र नारायण खनाल रहेकाछन् । ३ सदस्यीय सल्लाहकार समिति जिल्ला कमिटीले मनोनयन गरेको छ जसअनुसार लोकमणी आत्रेय, रमेश कुमार थापा र बखत बहादुर खड्का रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष गौतमले संगठनलाई जिल्लामा सशक्त बनाउने र संगठनको सदस्यता वितरण ८ वटै पालिकामा विस्तार गर्दै सबै स्थानीय तहमा समाजवादी प्रेस संगठनको संगठन निर्माण गर्ने बताउँदै प्रतिवद्धता व्यक्त गरे ।
उनले निकट भविष्यमा संगठनले एउटा अनलाइन पत्रिका दर्ता गरेर जिल्लामा सञ्चालन गर्ने बताए ।

सो अवसरमा प्रमुख अतिथि निर्मल सुवेदीले प्रेस संगठनले जनताको वाक स्वतन्त्रता, विचार अभिव्यक्तिलाई प्राथमिकतामा राखी समाचार सम्प्रेषण गर्ने र संविधानको सर्वोच्चतालाई सम्मान गर्ने नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी भएकोले रचनात्मक रुपमा पार्टीलाई देश व्यापीरुपमा संगठन निर्माणमा जुटन आव्हान गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

वरिष्ठ उपाध्यक्ष सुवेदीले सञ्चार क्षेत्रमा आफ्नो संगठनको भुमिका सशक्त भएकोले आगामी दिनमा हुने नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा हस्तक्षेप रहने र जिल्ला जिल्लामा संगठनलाई मजबुत बनाउन आव्हान गरे ।

सो अवसरमा प्रदेश अध्यक्ष भुसालले प्रेस संगठनका १२ वटै जिल्लामा संगठन विस्तार गर्दै आसन्न प्रत्रकार महासंघको महाधिवेशनमा आफ्नो सहभागीतालाई सुनिश्चित गर्न र सदस्यता वितरणमा पनि संगठनले हस्तक्षेपकारी भुमिकामा रहन निर्देशन दिए ।

नेकपा एसका बर्दिया इन्चार्ज निर्मल सुवेदी प्रमुख अथिति र विशेष अतिथि सहइन्चार्ज लोकमणी आत्रेय, प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, प्रदेश कमिटी अध्यक्ष हृदय भुसाल र सचिव दिपक आर्चायले निर्वाचित कमिटीलाई शुभकामना दिए ।