बर्दिया ३० वैशाख : समाजवादी प्रेस संगठन बर्दियाको अध्यक्षमा प्रतापकुमार गौतम सर्बसम्मत निर्वाचित भएकाछन् । शाखाको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेकोछ ।
उपाध्यक्ष मनु अधिकारी, सचिव दिलिप लम्साल, कोषाध्यक्ष सरिता कुमारी शाही, सदस्यहरुमा एलिसा रावत, प्रताप पोखरेल, अर्जुन पोखरेल र नारायण खनाल रहेकाछन् । ३ सदस्यीय सल्लाहकार समिति जिल्ला कमिटीले मनोनयन गरेको छ जसअनुसार लोकमणी आत्रेय, रमेश कुमार थापा र बखत बहादुर खड्का रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष गौतमले संगठनलाई जिल्लामा सशक्त बनाउने र संगठनको सदस्यता वितरण ८ वटै पालिकामा विस्तार गर्दै सबै स्थानीय तहमा समाजवादी प्रेस संगठनको संगठन निर्माण गर्ने बताउँदै प्रतिवद्धता व्यक्त गरे ।
उनले निकट भविष्यमा संगठनले एउटा अनलाइन पत्रिका दर्ता गरेर जिल्लामा सञ्चालन गर्ने बताए ।
सो अवसरमा प्रमुख अतिथि निर्मल सुवेदीले प्रेस संगठनले जनताको वाक स्वतन्त्रता, विचार अभिव्यक्तिलाई प्राथमिकतामा राखी समाचार सम्प्रेषण गर्ने र संविधानको सर्वोच्चतालाई सम्मान गर्ने नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी भएकोले रचनात्मक रुपमा पार्टीलाई देश व्यापीरुपमा संगठन निर्माणमा जुटन आव्हान गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष सुवेदीले सञ्चार क्षेत्रमा आफ्नो संगठनको भुमिका सशक्त भएकोले आगामी दिनमा हुने नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा हस्तक्षेप रहने र जिल्ला जिल्लामा संगठनलाई मजबुत बनाउन आव्हान गरे ।
सो अवसरमा प्रदेश अध्यक्ष भुसालले प्रेस संगठनका १२ वटै जिल्लामा संगठन विस्तार गर्दै आसन्न प्रत्रकार महासंघको महाधिवेशनमा आफ्नो सहभागीतालाई सुनिश्चित गर्न र सदस्यता वितरणमा पनि संगठनले हस्तक्षेपकारी भुमिकामा रहन निर्देशन दिए ।
नेकपा एसका बर्दिया इन्चार्ज निर्मल सुवेदी प्रमुख अथिति र विशेष अतिथि सहइन्चार्ज लोकमणी आत्रेय, प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, प्रदेश कमिटी अध्यक्ष हृदय भुसाल र सचिव दिपक आर्चायले निर्वाचित कमिटीलाई शुभकामना दिए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ