पेट्रोलको मूल्य घटेन, घट्यो डिजेल र मट्टीतेल


पेट्रोलको मूल्य घटेन, घट्यो डिजेल र मट्टीतेल

File Photo

नेपालगन्ज २ जेठ : नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टीतेलको मूल्यमा लिटरमै १० रुपैयाँले घटाएको छ ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

यस्तै निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

मंगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

सोही अनुसार सञ्चालक समिति बैठकले मंगलबार राति डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।