File Photo
नेपालगन्ज ३ जेठ : डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबहाक र मालबहाक गाडीको नयाँ भाडादर सार्वजनिक गरेकोछ ।
विभागले घटेको मूल्य आज(बुधबार)देखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
सबैभन्दा लामो रुट काठमाडौं–अत्तरीया–मार्तडी (बाजुरा) (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर कायम भएको छ ।
यस्तै, काठमाडौं–अत्तरीया–चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं–धनगढी–साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं–अत्तरीया–सिलगढीको २४०८, काठमाडौं–महेन्द्रनगरको १९१५, काठमाडौं–सुर्खेतको १७४०,काठमाडौं–धनकुटाको १७२७, काठमाडौं–विराटनगर १४९८ कायम भएको छ ।
त्यसैगरी महेन्द्रनगर–काँकडभिट्टा (९२२ किमी) को २४७५, सुर्खेत–धरानको २४४२ रुपैयाँ र काठमाडौं–जनकपुर ९०३, भाडा रहेको छ ।
थाहा पाउनुहोस् नेपालगन्जदेखि कहाँ कति भाडा ?
सरकारले लामो दूरीको यातायातको भाडादर घटाएसँगै अब नेपालगन्जदेखि काठमाण्डौं सम्मको (५३१ किमी) १४७३ रुपैयाँ भाडा कायम गरिएकोछ ।
नेपालगन्ज–खलंगा(रुकुम) (३३२ किमी)१२४१ रुपैयाँ, नेपालगन्ज–कचनापुर(५३ किमी) १५१ रुपैयाँ, नेपालगन्ज– काकडभिट्टा (८५९ किमी) २३०५ रुपैयाँ, नेपालगन्ज–गौर (५५७.३ किमी) १४९६ रुपैयाँ, नेपालगन्ज–जनकपुर (६२४ किमी) १६७५ रुपैयाँ कायम गरिएकोछ ।
यस्तै नेपालगन्ज–टीकापुर–राजापुरसम्म (१३३.५ किमी) ३८२ रुपैयाँ, नेपालगन्ज– धरान (७८५ किमी) २१०८ रुपैयाँ, नेपालगन्ज–नारायणगढ–मुगलिङ हुदैँ पोखरा(५१३ किमी) १४२२ रुपैयाँ, नेपालगन्ज–पोखरा(४२९ किमी) १२९० रुपैयाँ र नेपालगन्ज–विराटनगर(७८९ किमी) २११९ रुपैयाँ कायम गरिएकोछ ।
त्यसैगरी नेपालगन्ज–वीरगञ्ज (५०९किमी) १३६६ रुपैयाँ, नेपालगन्ज–मलगंवा(५३७ किमी) १४४४ रुपैयाँ, नेपालगन्ज–राजविराज (६९३ किमी) १८६० रुपैयाँ, नेपालगन्ज–सिलगढी(३६२ किमी) ११४३ रुपैयाँ कायम गरिएकोछ ।
सुर्खेत–नेपालगन्ज–गुलरिया(१४८.३ किमी) ४९२ रुपैयाँ, नेपालगन्ज–सल्लीबजार(१२६ किमी) ५०० रुपैयाँ, नेपालगन्ज–जाजरकोट खलंगा (१८८ किमी) ७९४ रुपैयाँ कायम गरिएकोछ ।
लामो दूरी (२५० किमी भन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुबहाक बस, मिनिबसको लागि यसअघि प्रति किमी प्रतिब्यक्रि २.८६ रुपैयाँ कायम गरिएकोमा प्रति किमी प्रतिब्यक्ति २.७७ रुपैयाँ , २५ किमी देखि २५० किमी सम्म दूरी भएकामा प्रति किमी प्रतित ब्यक्ति २.९३ कायम गरिकोमा हाल २.८४ रुपैयाँ कायम गरिएकोछ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ