लामो दूरीको गाडी भाडा घट्यो, थाहा पाउनुहोस् नेपालगन्जदेखि कहाँ कति भाडा ?


लामो दूरीको गाडी भाडा घट्यो, थाहा पाउनुहोस् नेपालगन्जदेखि कहाँ कति भाडा ?

File Photo

नेपालगन्ज ३ जेठ : डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबहाक र मालबहाक गाडीको नयाँ भाडादर सार्वजनिक गरेकोछ ।

विभागले घटेको मूल्य आज(बुधबार)देखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

सबैभन्दा लामो रुट काठमाडौं–अत्तरीया–मार्तडी (बाजुरा) (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर कायम भएको छ ।
यस्तै, काठमाडौं–अत्तरीया–चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं–धनगढी–साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं–अत्तरीया–सिलगढीको २४०८, काठमाडौं–महेन्द्रनगरको १९१५, काठमाडौं–सुर्खेतको १७४०,काठमाडौं–धनकुटाको १७२७, काठमाडौं–विराटनगर १४९८ कायम भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरी महेन्द्रनगर–काँकडभिट्टा (९२२ किमी) को २४७५, सुर्खेत–धरानको २४४२ रुपैयाँ र काठमाडौं–जनकपुर ९०३, भाडा रहेको छ ।

थाहा पाउनुहोस् नेपालगन्जदेखि कहाँ कति भाडा ?

सरकारले लामो दूरीको यातायातको भाडादर घटाएसँगै अब नेपालगन्जदेखि काठमाण्डौं सम्मको (५३१ किमी) १४७३ रुपैयाँ भाडा कायम गरिएकोछ ।

नेपालगन्ज–खलंगा(रुकुम) (३३२ किमी)१२४१ रुपैयाँ, नेपालगन्ज–कचनापुर(५३ किमी) १५१ रुपैयाँ, नेपालगन्ज– काकडभिट्टा (८५९ किमी) २३०५ रुपैयाँ, नेपालगन्ज–गौर (५५७.३ किमी) १४९६ रुपैयाँ, नेपालगन्ज–जनकपुर (६२४ किमी) १६७५ रुपैयाँ कायम गरिएकोछ ।

यस्तै नेपालगन्ज–टीकापुर–राजापुरसम्म (१३३.५ किमी) ३८२ रुपैयाँ, नेपालगन्ज– धरान (७८५ किमी) २१०८ रुपैयाँ, नेपालगन्ज–नारायणगढ–मुगलिङ हुदैँ पोखरा(५१३ किमी) १४२२ रुपैयाँ, नेपालगन्ज–पोखरा(४२९ किमी) १२९० रुपैयाँ र नेपालगन्ज–विराटनगर(७८९ किमी) २११९ रुपैयाँ कायम गरिएकोछ ।

त्यसैगरी नेपालगन्ज–वीरगञ्ज (५०९किमी) १३६६ रुपैयाँ, नेपालगन्ज–मलगंवा(५३७ किमी) १४४४ रुपैयाँ, नेपालगन्ज–राजविराज (६९३ किमी) १८६० रुपैयाँ, नेपालगन्ज–सिलगढी(३६२ किमी) ११४३ रुपैयाँ कायम गरिएकोछ ।
सुर्खेत–नेपालगन्ज–गुलरिया(१४८.३ किमी) ४९२ रुपैयाँ, नेपालगन्ज–सल्लीबजार(१२६ किमी) ५०० रुपैयाँ, नेपालगन्ज–जाजरकोट खलंगा (१८८ किमी) ७९४ रुपैयाँ कायम गरिएकोछ ।

लामो दूरी (२५० किमी भन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुबहाक बस, मिनिबसको लागि यसअघि प्रति किमी प्रतिब्यक्रि २.८६ रुपैयाँ कायम गरिएकोमा प्रति किमी प्रतिब्यक्ति २.७७ रुपैयाँ , २५ किमी देखि २५० किमी सम्म दूरी भएकामा प्रति किमी प्रतित ब्यक्ति २.९३ कायम गरिकोमा हाल २.८४ रुपैयाँ कायम गरिएकोछ ।