बर्फानी बाबा आश्रम क्षेत्रमा सरसफाई महाअभियान


बर्फानी बाबा आश्रम क्षेत्रमा सरसफाई महाअभियान

नेपालगन्ज ३ जेठः आन्तरिक पर्यटनको गन्तब्य बनेको बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ मा पर्ने बर्फानी बाबा आश्रम क्षेत्रको सरसफाई गरिने भएको छ ।

धार्मिक तथा पर्यटन प्रर्वद्धनका लागि आगामी शनिबारका दिन बर्फानी बाबा सरसफाई ‘महाअभियान’ सुरु गर्न लागिएको हो ।

पछिल्लो समयमा बर्फानी बाबा आश्रममा नेपाल र भारतका विभिन्न ठाउँबाट श्रदालुहरु पुग्ने गरेका छन् । उक्त दिन राप्तीसोनारी, नरैनापुर, कोहलपुर, नेपालगन्ज लगायत क्षेत्रका पाँच सय बढी युवालाई सरसफाई ‘महाअभियान’ मा परिचालन गर्न लागिएको संयोजक हेमन्त चौधरीले जानकारी दिए ।

आमश्र क्षेत्रमा सरसफाईसँगै श्रमदान गरेर बाटो समेत मर्मत गर्ने कार्यक्रम रहेको पनि उनले बताए । ‘सबैले हातमा राष्ट्रिय झण्डा र कुटो कोदालो बोकेर आश्रममा जान्छन्, आश्रम क्षेत्रको सरसफाईसँगै बाटो मर्मत गर्ने कार्यक्रम छ,’ पत्रकार महासंघ बाँकेका सहसचिव समेत रहेका संयोजक चौधरीले भने ।

Kanti Aarogya Hospital Nepalgunj

आश्रम बाँकेको प्रशिद्ध धार्मिक स्थलका रुपमा चिनिएकाले उक्त क्षेत्रको सरसफाई गर्न पनि उत्तिकै आवश्यक रहेको उनको भनाई छ ।