नेपालगन्ज ३ जेठः आन्तरिक पर्यटनको गन्तब्य बनेको बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ मा पर्ने बर्फानी बाबा आश्रम क्षेत्रको सरसफाई गरिने भएको छ ।
धार्मिक तथा पर्यटन प्रर्वद्धनका लागि आगामी शनिबारका दिन बर्फानी बाबा सरसफाई ‘महाअभियान’ सुरु गर्न लागिएको हो ।
पछिल्लो समयमा बर्फानी बाबा आश्रममा नेपाल र भारतका विभिन्न ठाउँबाट श्रदालुहरु पुग्ने गरेका छन् । उक्त दिन राप्तीसोनारी, नरैनापुर, कोहलपुर, नेपालगन्ज लगायत क्षेत्रका पाँच सय बढी युवालाई सरसफाई ‘महाअभियान’ मा परिचालन गर्न लागिएको संयोजक हेमन्त चौधरीले जानकारी दिए ।
आमश्र क्षेत्रमा सरसफाईसँगै श्रमदान गरेर बाटो समेत मर्मत गर्ने कार्यक्रम रहेको पनि उनले बताए । ‘सबैले हातमा राष्ट्रिय झण्डा र कुटो कोदालो बोकेर आश्रममा जान्छन्, आश्रम क्षेत्रको सरसफाईसँगै बाटो मर्मत गर्ने कार्यक्रम छ,’ पत्रकार महासंघ बाँकेका सहसचिव समेत रहेका संयोजक चौधरीले भने ।
आश्रम बाँकेको प्रशिद्ध धार्मिक स्थलका रुपमा चिनिएकाले उक्त क्षेत्रको सरसफाई गर्न पनि उत्तिकै आवश्यक रहेको उनको भनाई छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ