नेपालगन्जको ढल व्यवस्थापनमा सांसद तिवारीको पहल

मन्त्रालय धाएर ३० लाख सुनिश्चित


नेपालगन्जको ढल व्यवस्थापनमा सांसद तिवारीको पहल

नेपालगन्ज ६ जेठ : वर्षाको समयमा नेपालगन्जको मुख्य समस्याको रुपमा रहेको ढल निकासको समस्या समाधान हुने भएको छ । बाँकेका सांसद लक्ष्मी तिवारीले ढल निकासको दीगो व्यवस्थापनका लागि पहल गरेपछि समस्या समाधान हुने भएको हो ।

नेपालगन्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर, नाला निमार्ण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुने देखिएको छ ।

नेपालगन्ज सुर्खेतरोड सडक खण्डअन्र्तगत जिल्ला शिक्षा इकाई कार्यालय नजिक रहेको मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुलको चौडाई बढाएर निकास फराकिलो बनाउनका लागि सम्वन्धितसरोकारवालासंग पुगेर दबाब दिएको सांसद तिवारीले बताइन् ।

उनका अनुसार नेपालगन्जको सुर्खेतरोडस्थित नालाको पुल करिब ८–१० मिटर रहेपनि निकास मात्र ३ मिटर चौडाइ भएकाले पानी थुनिएर समस्या डुबानको समस्या रहेको छ । उक्त समस्याका बारेमा नेपालगन्ज सेतुविक चोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायतका स्थानीयले पटक पटक नेपालगन्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसंग आग्रह गर्दा समेत कुनै सुनवाई नभएर आफुसमक्ष यो समस्या आएपछि सांसद तिवारीले यो सवाललाई संघीय सरकारसमक्ष पु¥याएकीछन् ।

Kids Festival 2022
kanti aarogya hospital

संसाद तिवारीले भनिन्–‘नेपालगन्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दीर्घकालिन समाधान गर्नुपर्दछ, त्यसका लागि मेरो पहल पहिलो हुनेछ ।’ स्थानीयको समस्या लिएर सांसद तिवारीले सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालयसम्म धाएर नाला पुलको चौडाई बढाउनका लागि लाग्ने लागत स्टिमेट रु तीस लाख बजेट व्यवस्थापन गराएकीछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीले यो समस्यालाई लिएर सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख निरज शाक्य, अर्थसचिव अर्जुनप्रसाद पोख्रेललगायतसँग भेटेर समस्या राख्दा तत्काल निमार्णको कार्य अघि बढाउने सहमती भएको सांसद तिवारीका निजी सल्लाहकार रविन्द्रकुमार ज्ञवालीले बताए ।

सल्लाहकार ज्ञवालीका अनुसार सांसद तिवारीले यस क्षेत्रका विकास निमार्ण तथा सार्वजनिक सरोकारको सवाललाई मुख्य प्राथमिकताका साथ उठाएर समाधानका लागि पहल गरिरहेकीछन् भने ती सवालहरुलाई आफनो कार्ययोजनामा समेत समेटीकीछन् ।

सांसद तिवारीले सम्भवतः चालु आर्थिक वर्षभित्रै उक्त नालाको निर्माण प्रक्रिया शुरु हुनेमा विश्वस्त छिन् । नाला निमार्णका विषयमा सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख शाक्यले उक्त समस्या ठुलो भएको स्वीकार्दै बजेटको अभावमा निमार्ण गर्न नसकेको भन्दै सांसद तिवारीको पहलमा बजेट व्यवस्थापन भएपछि तत्काल निमार्ण शुरु गर्ने बताए ।

वर्षाको समयमा नेपालगन्जमा केही बेर पानी परेपछि सेतु विक चोक र घरबारीटोल, गणेशपुर, न्युरोडलगायतका स्थानहरु जलमग्न भई घरभित्र समेत पानी भर्ने समस्या रहेको स्थानीय बताउँछन् । सूचना र नागरिक अभियन्ताका रुपमा काम गरेकी सांसद तिवरीले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने र सार्वजनिक चासोको विषयलाई मुख्य एजेण्डाको रुपमा अघि बढाएकीछन् ।